होन्डाको ५० सीसी स्कुटर सार्वजनिक

Image for reference.

काठमाडौं । जापान अनौठो तथा आर्कषक डिजाइनका मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने देशमा पर्छ । जापानका सडकहरु सबै प्रकारका सवारी साधनका लागि उपयुक्त छन् ।

त्यस्तैमा होन्डाले ५० सीसी इन्जिन भएकाे नयाँ स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले  इन्ट्रि लेवल दुई स्कुटरको अपडेटेड भर्सन सार्वजनिक गरेको हो ।

कम्पनीले होन्डा जिओर्नो र डंक स्कुटरको नयाँ भर्सन जापानी बजारमा सार्वजनिक गरेको हो ।

यो स्कुटर अर्वान राइडका लागि उपयुक्त रहेको छ । होन्डा जिओर्नो र डंक दुबै स्कुटर रेट्रो डिजाइनमा रहेको भने डंकमा भने मोर्डन इलिमेन्टको प्रयोग गरिएको पाइन्छ । जिओर्नोमा रहेको क्रोम हाइलाइट राउन्ड हेडल्याम्प, टेलल्याम्प, टर्न इन्डिकेटर, रियर फेन्डर र यसको टेल सेक्सनले यी स्कुटरमा ट्रेडिसनल फिल गर्न सकिन्छ ।

त्यसैगरि डंकमा स्टाइलिस मोर्डन डिजाइन पाउन सकिन्छ । यसमा भी सेप हलोजिन हेडलाइट, बल्ब टर्न इन्डिकेटर उपलब्ध छ ।

यी दुबै स्कुटरमा ४९ सीसी सिंगल सिलिन्डर इन्जिन दिइएको छ । यो इन्जिनले ४.५ पीएस तथा ४.१ एनएम टर्क जेनेरेट गर्छ । त्यसै यी स्कुटरमा टेलीस्कोपीक सस्पेन्सन रहेको छ भने जिओर्नोको रियरमा डबल सक एव्जर्भर र डंकमा मोनोसक सस्पेन्सन पाउन सकिन्छ । यी दुबै स्कुटरमा डिस्क तथा ड्रम ब्रके उपलब्ध छ ।

 


Back_to_top