काठमाडौं । केटीएम मोटरसाइकलको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले एनिभर्सरी स्कीम ल्याएको छ । कम्पनीको १० औं एनिभर्सरीको अवसर पारेर दुई मोडलका मोटरसाइकलमा स्कीम ल्याएको हो ।
कम्पनीले ल्याएको स्कीम केटीएम २०० र २५० ड्युकमा उपलब्ध रहेको छ । यी दुई मोटरसाइकल खरिद गर्दा ग्राहकले नगद छुट प्राप्त गर्नेछन् ।
केटीएम २०० ड्युकमा कम्पनीले ४० हजार र २५० ड्युकमा २० हजार नगद छुट दिएकाे छ । केटीएम २०० ड्युक को मूल्य ५ लाख ८४ हजार ९०० रुपैयाँ रहको छ भने २५० ड्युकको मूल्य ७ लाख २४ हजार ९०० रुपैयाँ रहेको छ ।
यी दुई मोटरसाइकल हालको स्कीम अनुसार खरिद गर्दा क्रमश ५ लाख ४४ हजार ९०० र ७ लाख ४ हजार ९०० रुपैयाँ पर्नेछ । हंशराज हुलाशचन्दले केटीएम मोटरसाइकल नेपाली बजारमा विक्री सुरु गरेको १० वर्ष पुगेको अवसरमा यो स्कीम ल्याएको जनाएको छ ।

कम्पनीले नेपाली बजारमा केटीएम २०० ड्युक, २५० ड्युक, ३९० ड्युक, केटीएम आरसी २००, आरसी ३९०, केटीएम २५० एड्भेन्चर, ३९० एड्भेन्चर र ७९० ड्युक विक्री गर्दै आएको छ ।


