होन्डाले एक्टिभाको नयाँ जेनेरेशन सडक परीक्षणको क्रममा देखिएको छ । होन्डाले परिक्षण गरिरहेको एक्टिभा सिक्सजी भएको अनुमान गरिएको छ । होन्डाले नयाँ एक्टिभामा केही कस्मेटिक र मेकानिकल परिवर्तन गरी स्कुटर बजारमा ल्याउने तयारी गरिरहेको हुन सक्ने अनुमान गरिएको छ ।
होन्डा एक्टिभा ६जीमा नयाँ डिजाइनसहितको एलईडी हेडल्याम्प एसेम्बली र रिस्टाइल बडी प्यानल छ । यसमा डीआरएलको नयाँ सेटको साथै, अघिल्लो भागमा टेलिस्कोपिक सस्पेन्सन र डिस्क ब्रेक दिइएको छ ।
भारत सरकारले सुरु गरेको नयाँ सुरक्षा मापदण्ड र नयाँ बिएस–६ अनुसारको इन्जिन उपलब्ध हुने अनुमान गरिएको छ ।
यसमा रिडिजाइन इन्स्ट्रयुमेन्ट क्लस्टर र फोर–इन–वान लक मेकानिज्मसमेत उपलब्ध हुने अनुमान गरिएको छ ।
भारतीय बजारमा सर्वाधिक बिक्री हुने यो स्कुटरमा ११० सीसीको एयरकुल्ड इन्जिन लगाईएको छ, जसले ८ पीएस पावर र ९ एनएम टर्क जेनेरेट गर्छ ।
आगामी फेस्टिभ सिजनमा यो बाइक बजारमा आउने अनुमान गरिएको छ । यो स्कुटरले टीभीएस जुपिटर, यामाहा फेसिनो र हिरो माएस्ट्रो एजसँग प्रतिस्पर्धा गर्नेछ ।


