काठमाडौं । करिब एक महिना अगाडि काठमाडौंको भृकुटीमन्डपमा ‘महिन्द्रा उदय’को आयोजना भएको थियो । यो अटो मेलामा महिन्द्राले नेपाली बजारमा बिक्री वितरण गर्दै आएको सबै प्रकारका सवारीसाधन शोकेस गरिएको थियो । करिब ३४ मोडलका प्यासेन्जर भेहिकल, कर्मशियल भेहिकल, कृषि उपकरण, हेभी इक्यूपमेन्टहरुको प्रर्दशनी गरिएको थियो ।
उक्त मेलामा आएका महिन्द्र इन्डियाका भाइसप्रेसिडेन्ट तथा इन्टरनेशनल अप्रेशन हेड संजय जाधवले मेरोअटोसँगको अन्तर्वातामा नेपाली बजारमा महिन्द्राले म्यानुफ्याक्चरीङ यूनिट लगाउने विषयमा छलफल गरिरहेको बताएका थिए । यस्तोमा महिन्द्राको अटो यात्रालाई हामीले यहाँ खोज्ने प्रयास गरेका छौं ।
महिन्द्राको इतिहास केलाउँदा ‘हजारौँ माइलको यात्राको सुरुवात पहिलो पाइलाबाट हुन्छ’ भन्ने चर्चित उक्ति यस ग्रुपलाई लागू हुने देखियो । भारतीय चर्चित सवारीसाधन उत्पादक कम्पनी महिन्द्रा ग्रुपको यात्राको सुरुवात सन् १९४५ मा भारतको लुदियाना पञ्जावबाट भएको थियो ।
महिन्द्राले इटालियन कार डिजाइन तथा इन्जिनियरिङ्ग कम्पनी पिननफर्नियाको ७६ प्रतिशत शेयर लिएको छ । जसले फरारी, अल्फा रोमियो, प्यूजो, फियाट, जनरल मोटर्स, लान्सीया, मसेराती, मित्सुबिसी, भल्भो, चेरी तथा हुन्डाईका कारका डिजाइन बनाउने काम गर्छ ।
महिन्द्रा दाजुभाई जगदिशचन्द्र तथा कैलाशचन्द्रले अर्का पार्टनर मलिक गुलाम महोमदसँगको साझेदारीमा खोलेको यो कम्पनीको सुरुवाति नाम महिन्द्रा एण्ड महोमद रहेको थियो । सुरुवाति समयमा स्टीलको व्यापार गर्न खोलिएको उक्त कम्पनीले बेलायतबाट स्टील आयात गरेर भारतमा बिक्री गर्ने गथ्र्यो ।
कम्पनी स्थापना भएको दुई वर्षपछि सन् १९४७ मा भारत र पाकिस्तान टुक्रिए, कम्पनीका एक पार्टनर मलिक गुलाम महोमद पाकिस्तान तिर लागे । उनि पाकिस्तानको पहिलो अर्थमन्त्री भए । यता १९४८ मा महिन्द्रा एण्ड महोमद कम्पनी महिन्द्रा एण्ड महिन्द्रामा परिणत भयो ।
महिन्द्रा आज स्टीलको आयात गर्ने कम्पनीबाट संसारभर १०० भन्दा बढी देशमा गाडी उत्पादन गरेर बिक्री गर्ने कम्पनी भएको छ । विश्वको सबैभन्दा ठूलो ट्रयाक्टर निर्माता कम्पनीको ताज पनि महिन्द्राको नाममा रहेको छ ।

करिब २ लाखभन्दा बढी कर्मचारीहरू कार्यरत रहेको महिन्द्रा एन्ड महिन्द्राको वार्षिक कारोवार २१ विलियन डलर पुगेको छ ।
महिन्द्रा गु्रप अन्तर्गत सवारीसाधन निर्माण कम्पनी, कृषि औजार निर्माण कम्पनी, इन्फर्मेसन टेक्नोलोजी, बैंकिङ्ग तथा फाइनान्स सर्भिस, क्लिन टेक, हस्पिटालिटी, रियलस्टेट, रिटेल चेन, कन्स्ट्रक्सन इक्कुपमेन्ट, इन्ड्रष्टीयल इक्कुप्मेन्ट, डिफेन्स मोबिलीटी, हवाइजहाज, मोटरबोट आदि उत्पादन गर्ने कम्पनीहरू रहेका छन् ।
गाडी उत्पादनमा प्रबेश
भारतको एसयूभी एक्सपर्टका रुपमा चिनिने महिन्द्रा एण्ड महिन्द्राले पहिलो मोटर सन् १९४७ मा अमेरिकी प्रसिद्ध कम्पनी जीपसँगको सहकार्यममा निर्माण गरेको थियो । सो समयको जीपको प्रख्यात युटिलिटी मोडल विलिसकाको भारतमा निर्माण गर्ने कन्ट्याक पाएसँगै महिन्द्राको अटोमोवाइलको यात्रा सुरु भएको थियो ।
उक्त समयदेखि महिन्द्रा र जीपको सम्बन्ध कायम भएको हो । जीपको फ्रन्ट ग्रीलको डिजाइन महिन्द्राले अहिलेका मोडलहरूमा समेत प्रयोग गरिरहेको छ । महिन्द्राको युटिलिटी भेहिकलको ६८ वर्षे यात्रामा भारतको एक प्रमुख युटिलिटी भेहिकल निर्माता कम्पनीको रुपमा आफुलाई स्थापित गरेको छ ।
महिन्द्राका उत्पादनहरू संसारभर टफ, रिलायवल, वातावरणमैत्री तथा फियुल इफिसियन्टका लागि प्रख्यात रहेका छन् ।
विश्वभर सञ्जाल
महिन्द्राले अमेरिकाको डिट्रोइटमा २३० मिलियन डलर लगानी गरेर गाडी उत्पादन गर्ने प्लान्ट बनाएको छ । सो फ्याक्ट्रीबाट महिन्द्राले अमेरिकी बजारका लागि रोक्सोको उत्पादन गरिरहेको छ । कम्पनीसँग क्यालिफोर्निया बेसको इलेक्ट्रीक ब्राण्ड ज्यान्जीको पनि स्वामित्व रहेको छ । त्यस्तै, महिन्द्राको क्यानाडामा रहेको एग्रिकल्चर टेक्नोलोजी फर्म रेसनकोमा पनि हिस्सा रहेको छ ।
युरोपीयन बजारमा पनि कम्पनीलले लगानी गरेको छ । फ्रेन्च टु–ह्वीलर ब्राण्ड प्यूजोमा ५१ प्रतिशत शेयर रहेको कम्पनीका उत्पादन ६० भन्दा बढी देशहरूमा बिक्री वितरण भइरहेको छ ।
महिन्द्राले इटालियन कार डिजाइन तथा इन्जिनियरिङ्ग कम्पनी पिननफर्नियाको ७६ प्रतिशत शेयर लिएको छ । जसले फरारी, अल्फा रोमियो, प्यूजो, फियाट, जनरल मोटर्स, लान्सीया, मसेराती, मित्सुबिसी, भल्भो, चेरी तथा हुन्डाईका कारका डिजाइन बनाउने काम गर्छ ।
रेसिङ्ग स्पोटर्समा समेत लगानी गर्दै आएको कम्पनीसँग ‘महिन्द्रा रेसिङ्ग’ नामक फर्मूला ई–टीम रहेको छ, जसले सन् २०१७ मा बर्लिनको इपिक्स रेस–वानसमेत जितेको थियो ।
साउथ अफ्रिकाको डर्वनमा भेहिकल एसेम्ली प्लान्ट, चार्ड र मालीमा ट्याक्टर एसेम्बली प्लान्ट रहेको छ । कम्पनीको एक्सयूभी–५०० र केयूभी–१०० साउथ अफ्रिकामा बिक्री हुने उत्कृष्ट १० कारहरूमा पर्छन् ।
महिन्द्राका ट्रक तथा टु–ह्वीलर सवारीसाधन अफ्रिकी मुलुकहरू नाइजेरिया तथा साउथ अफ्रिकामा राम्रो सङ्ख्यामा बिक्री हुने गरेका छन् । महिन्द्रा ट्याक्टरको माग टियुनिसिया, इजिप्टलगायत अफ्रिकी १४ भन्दा बढी देशहरूमा उच्च रहेको छ ।
अस्ट्रेलियामा महिन्द्राको गिब्सएरो नामक जहाज कम्पनी रहेको छ । उसले सिङ्गल इन्जिन भएको एयरभ्यान–८ नामको जहाज बनाउने गरेको छ । साथै कम्पनीका पिकअप तथा ट्याक्टरसमेत अस्ट्रेलीयामा प्रसिद्ध रहेको छ । कम्पनीले अस्ट्रेलियामा महिन्द्राको एक्सयूभी–५०० को पचासभन्दा बढी डिलर नेटवर्क संचालन गरिरहेको छ ।
महिन्द्राले चाइनामा पनि दुईवटा कम्पनीसँग पार्टनरसीपमा महिन्द्रा ब्राण्ड नेममा ट्याक्टरहरू बेचिरहेको छ ।
दक्षिण कोरियाको चौथो ठूलो अटोमोवाईल कम्पनी साङ्गयोङ्गको ७० प्रतिशत शेयर स्वामित्व किनेको कम्पनीसँग टर्कीको ट्याक्टर निर्माता कम्पनी हिसरलारमा ७५ प्रतिशत स्वामित्व रहेको छ । ग्रुपको जापानमा पनि मित्सुबिसीसँगको सहकार्यमा मित्सुबिसी महिन्द्रा एग्रिकल्चरल मेसिनरी कम्पनी रहेको छ, जसले एग्रिकल्चरका इक्कुपमेन्टहरू निर्माण गरिरहेको छ ।
महिन्द्राले चाइनामा पनि दुईवटा कम्पनीसँग पार्टनरसीपमा महिन्द्रा ब्राण्ड नेममा ट्याक्टरहरू बेचिरहेको छ । बंगलादेशमा भेहिकल म्यानुफ्याक्चरिङ्ग प्लान्ट रहेको कम्पनीको उपस्थिति श्रीलङ्का, भुटान तथा नेपालमा समेत निकै राम्रो रहेको छ ।
भारतमा सञ्जाल
महिन्द्राले भारतमा दर्जनौ फ्याक्ट्री लगाएको छ । सन् २००५ मा महिन्द्रा ट्रक र बसको सेग्मेन्टमा अघि बढेको थियो । कम्पनीले अमेरिकी कम्पनी नाभिस्टार इन्टरनेशनलको साझेदारीमा महिन्द्रा ट्रक एण्ड बस डिभिजन स्थापना गरेको हो । जसमा महिन्द्राको ५१ प्रतिशत तथा नाभीस्टारको ४५ प्रतिशत शेयर स्वामित्व रहेको छ । महिन्द्राको कमर्शियल ट्रक र बसहरू ३।५ देखि ४९ टन क्षमताका रहेका छन् ।
महिन्द्राले सन् २०१६ को दिल्ली अटो एक्पोमा ब्लाजो सिरिजका स्मार्ट ट्रकहरू प्रदर्शन गरेको थियो, जसको ब्राण्ड एम्बेस्डरमा बलिउड अभिनेता अजय देवगन रहका छन् । कम्पनीले यस सेग्मेन्टका ट्रकहरूले सबभन्दा धेरै माइलेज दिने मनिव्याक च्यालेन्ज सहितको विज्ञापन गरेको थियो । महिन्द्राले कम्फियो, कस्मो, टुरिस्टर, एक्सीलो मोडलका बसहरूको पनि बिक्री गरिरहेको छ ।
हालैमात्र चेकको टु–ह्वीलर कम्पनी जावा खरिद गरेर भारतमा उत्पादन समेत सुरु गरिसकेको छ ।
महिन्द्राले सन् २००७ मा पञ्जाव ट्याक्टर लिमिटेड कम्पनी खरिद गरेर स्वराज डिभिजन स्थापना गरेको थियो । जसको प्राप्तिपछि महिन्द्रा गु्रप विश्वको सबैभन्दा ठूलो ट्याक्टर निर्माता कम्पनी बनेको हो । महिन्द्राले भारतमा पहिलोपटक सन् २०१७ मा ड्राइभरलेस ट्याक्टरको समेत विकास गरेको छ ।
सन् २००८ मा काइनेटीक मोटर कम्पनी लिमिटेडको खरिदसँगै दुई पाङ्ग्रे सवारीको उत्पादनमा आएको कम्पनीले गस्टो स्कुटर तथा सेन्चुरो तथा मोजो बाइक उत्पादन गरिरहेको छ । हालैमात्र चेकको टु–ह्वीलर कम्पनी जावा खरिद गरेर भारतमा उत्पादन समेत सुरु गरिसकेको छ ।
महिन्द्राले सन् २०११ बाट भारतमा कन्स्ट्रक्सन इक्कुपमेन्टको निर्माण गर्दैआएको छ । आफ्नो पहिलो इक्कुपमेन्ट अर्थ मास्टर र रोडमास्टरको नामले व्याकहो–लोडर र ग्रेडर बजारमा ल्यायको थियो । महिन्द्रामात्र यस्तो भारतीय कन्स्ट्रक्सन इक्कुपमेन्ट उत्पाक कम्पनी हो, जसले पूर्णतया आफ्नै रिसर्च र डेभलपमेन्टमा यी इक्कुपमेन्टको विकास गरेको छ ।

सन् २०१३ मा रेभा इलेक्ट्रीक कार कम्पनी टेकओभर गरेसँगै महिन्द्रा इलेक्ट्रीक भेहिकलको मार्केटमा आएको हो । हाल कम्पनीको ई–टुओ भारत र नेपाली बजारमा सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रीक भेहिकल हो ।
कम्पनीको साना साइजका कमर्शियल प्रोडक्टहरू जितो तथा सुप्रो बजारमा साना व्यवसाय गर्नेहरूका लागि एकदमै उत्तम साथीको रुपमा स्थापित भएको छ । अझ कच्चीबाटाहरू भएका दूरदराजमा महिन्द्राको बोलेरो पिकअपले स्थानीय व्यवसायको लाइफ–लाइनको रुपमा कार्य गर्न सफल भएको छ ।
महिन्द्राको सबैभन्दा चर्चित र सफल मोडल स्कर्पियो ग्लोबल डिजाइनको रुपमा विश्वका धेरै देशहरूमा बिक्री भइरहेको छ । यसलाई युरोपमा महिन्द्रा गोवा तथा रसियामा महिन्द्रा मार्सल भनेर चिनिन्छ ।
महिन्द्राले सवारीसाधनका हरेक आवश्यक्तालाई परिपूर्ति गर्न आफू सक्षम रहेको प्रमाणित गरिसकेको छ ।
सन् २००२ बाट उत्पादन सुरु भएको महिन्द्रा स्कर्पियोको २००८ र २०१४ मा गरी दुईपटक फेसलिफ्ट भइसकेको छ । कम्पनीले एसयूभी सेग्मेन्टमा एक्सयूभी–५००, केयूभी–१००, टीयूभी–३००, बोलेरो तथा मराजोको बिक्री गरिरहेको छ । महिन्द्राको अफरोड एसयूभी थारको बजारमा छुट्टै पहिचान रहेको छ ।
महिन्द्राले हालैमात्र स्याङ्गयोङ्गको डिजाइन बेसमा बनाएको अल्टुरस र एक्सयूभी–३०० ले भारतीय बजारमा युरोपियन, कोरियन तथा जापनीज प्रतिस्पर्धीहरूलाई राम्रो टक्कर दिने अनुमान गरिएको छ ।
महिन्द्राले सवारीसाधनका हरेक आवश्यक्तालाई परिपूर्ति गर्न आफू सक्षम रहेको प्रमाणित गरिसकेको छ । पार्टनरसिप व्यवसाय कसरी गर्ने र त्यसबाट कसरी सफलता पाउन सकिन्छ भन्ने एउटा गतिलो उदाहरण आजको एकल समाजलाई दिन सफल भएको छ ।
यो पनि पढ्नुस्:नेपालमा महिन्द्राको प्लान्ट लगाउने विषयमा छलफल भइरहेको छः संजय जाधवको अन्तर्वार्ता

