होण्डा कारको मनसुन सर्भिस क्याम्प सुरू, यस्ता छन् सुविधा

काठमाडौं । होण्डा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले मनसुन सर्भिस क्याम्प सुरू गरेको छ ।

आजदेखि धोवीघाटस्थित होण्डा शोरुममा सुरू भएको उक्त क्याम्प असार २१ गतेसम्म संचालन हुनेछ ।

५ दिनसम्म चल्ने क्याम्पमा ग्राहकले गाडीको सर्भिसिङ एवम् स्क्यानिङ, एयर ब्याग, ब्याट्री हेल्थ चेकअप, टायर निरीक्षणको साथै विभिन्न ३२ प्वाइन्ट निरीक्षण निःशुल्क रुपमा गराउन सक्नेछन् ।

यसैगरी, गाडीको मर्मत सम्भार गराउँदा स्पेयर पार्ट्समा ७ प्रतिशत, लेबर चार्जमा १५ प्रतिशत र लुब्रिकेन्ट्समा ५ प्रतिशत, डेन्टपेन्टमा १५ प्रतिशत र एसी रिफिलमा ५० प्रतिशत छुट पाउने छन् ।


Back_to_top