काठमाडौं । चीनबाट एकपछि अर्को ब्राण्डका ईभी नेपाल आउने क्रममा अर्को नयाँ मोडल थपिने भएको छ । चीनीया प्रतिष्ठित अटाेमाेवाइल डिजाइन हाउस संघाई लन्च अटोमोवाइल कम्पनीले उत्पादन गरेको इलेक्ट्रीक एसयूभी ‘एलइभी-०१’ मोडल नेपाल आउने भएको हो ।
वेबर ग्रुप अन्तर्गतको नेक्सन भेन्चर नामक कम्पनी आधिकारीक बिक्रेताको रुपमा नियुक्त भएसँगै कम्पनीले बनाएको पहिलो राइट ह्याण्ड ड्राइभ मोडल ‘एलइभी-०१’ नेपाल आउने भएको हो । यहि साउन महिनामै नेपाल आउने एसयूभी त्यसपछि बिक्री वितरण सुरु कम्पनीले जनाएको छ ।

संघाई लन्च अटोमोवाइल कम्पनीले उत्पादन गरेको एसयूभीको साइज पनि निकै ठूलो छ । यसको लम्बाई ४६४० एमएम, चौडाई १८७० एमएम र उचाई १६५५ एमएम छ । यसमा २७६० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । यसमा ग्राउन्ड क्लियरेन्स १९० एमएम छ ।
कम्पनीका अनुसार यसमा १९ इन्चको ठूलो ह्वील पाउन सकिन्छ । ६७.१ किलोवाट आवर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ९९ किलोवाट क्षमताको मोटरमा आउने एसयूभीले ५०० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ । यसलाई डिसी चार्जरको सहायताले ३५ मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

आधुनिक फिचरले भरिपूर्ण हुने ईभीको मूल्यको विषयमा भने कम्पनीले कुनै आधिकारीक जानकारी बाहिर ल्याएको छैन ।

