होन्डाले १५० सीसीमा पनि ल्यायो एड्भेन्चर मोटरसाइकल

काठमाडौं । होन्डाले एड्भेन्चर सेग्मेन्टमा आफ्नो सबैभन्दा कम सीसीको मोटरसाइकल बजारमा उतारेको छ । कम्पनीले इन्डोनशियामा जारी ‘गाइकान्डो इन्डोनेशिया इन्टरनेशनल मोटर शो २०२१’मा १५० सीसी क्षमताको मोटरसाइकल प्रदर्शनी गरेको हो ।

होन्डा सिबी १५० एक्स नामबाट आएको एड्भेञ्चर मोटरसाइकल निकै बल्की डिजाइनमा देखिएको छ । इलुमेनेसन एलइडी लाइट, अग्लो विन्डस्कृन यसमा दिएको छ । ठूलो फ्यूल ट्याङ्क र आकर्षक बडी प्यानलले मोटरसाइकललाई उत्कृष्ट बनाएको देखिन्छ ।

कम्पनीले यसमा १४९ सीसी, फोर भल्भ, लिक्विड कुल्ड सिंगल सिलिण्डर इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकत १६.९ पीएस पावर र १३.८ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड क्षमताको गियरबक्स दिइएको छ ।

डायमण्ड टाइप फ्रेममा बनेको यो मोटरसाइकलमा अगाडि ३७ एमएमको यूएसडी फर्कको साथ १५० एमएमको ट्राभल सस्पेन्सन र पछाडि मोनोशक सस्पेन्सन दिइएको छ । यसको दुबै चक्कामा डिस्क ब्रेक र १८१ एमएमको ग्राउन्ड क्लियरेन्स दिएको छ ।


Back_to_top