होन्डा डियो अब डिजिटल, थपिए यस्ता विशेषता, तत्काल किन्दा छुट

काठमाडौं । होन्डाको लागि नेपालको आधिकारीक वितरक स्याकार ट्रेडिंग प्रालिले आफ्नो चर्चित स्कुटर डियोको डिजिटल भरियन्ट (डिलक्स)को बिक्री वितरण सुरु गरेको छ । कम्पनीले सिबिएस ब्रेकिंग सिस्टम र स्टेबिलिटी, फुल्ली डिजिटल मिटर, मोबाइल चार्जिङ सर्किट लगायतका आधुनिक विशेषता थपिएको डियोको बिक्री सुरु गरेको हो । 

यसका साथै , डियो डिलक्स स्कुटरको पर्फमेन्स तथा माइलेजका ‘एचइटी’ इन्जिन, सिट ओपनिङ्ग स्विचसँगै फोर इन वान लक, सर्भिस रिमाइन्डर इन्डिकेटर र गोल्ड रिमको विशेषता प्रदान गरिएको छ । 

कम्पनीले यो स्कुटर खरिद गर्न चाहाने ग्राहकलाई ९.९९ प्रतिशत फाइनान्स सुविधा प्रदान गर्ने भएको छ भने, ५ हजार रुपैयाँसम्म नगद छुट दिने जानाएको छ । यसबाहेक स्कुटरको इन्जिन, लुक्स लगायत अन्य पक्षमा कुनै परिमार्जन गरिएको नगरिएको कम्पनीले जनाएको छ । 

बजारमा होन्डा डियोलाई निकै स्टाइलिस स्कुटरको रुपमा लिइन्छ  । यस स्कुटरमा एलईडी हेडलाइट जडान गरिएको छ भने, मेटसेड, मार्शल ग्रीन मेटेलिक तथा एक्सिस–ग्रे मेटेलिक कलरमा दिइएको छ । यी कलरले स्कुटरलाई निकै आर्कषक बनाएको छ ।  

होन्डा डियोमा एलईडी हेडलाइट जडान गरिएको छ । यसमा डिजिटल स्पीड–मिटर र ट्रीप–मिटरसमेत दिइएको छ । साथै, यो स्कुटरमा फ्रन्ट एन्ड रियर क्यारी हुक, लो–फ्यूल वार्निङ ल्याम्प, अल डिजिटल कन्सोल तथा मोबाइल चार्जिङजस्ता फिचर दिइएको छ ।

यसमा उपलब्ध १०९.१९ सीसी सिङ्गल सिलिन्डर एयरकुल्ड इञ्जिनले ७००० आरपीयममा ८ बीएचपी तथा ५५०० आरपीएममा ८.९१ एलएम टर्क पावर उत्पादन गर्छ । यसको इञ्जिनमा भी–मेटिक सीभीटी गियरबक्स जडान गरिएको छ भने, यो स्कुटर भारतीय प्रदुषण मापदन्ड बीएस फोरमा आधारित रहेको छ ।

नेपाली बजारमा यो स्कुटरको मूल्य २ लाख ३ हजार ९०० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।


Back_to_top