तयार भयो होन्डा एस-७ इलेक्ट्रीक एसयूभी, रेन्ज ६२० किलोमिटर

काठमाडौं । होन्डाले चीनमा दुई मोटर भएको इलेक्ट्रीक गाडी बिक्री सुरु गर्ने भएको छ । कम्पनीले सन् २०२४ को सुरुवातमै घोषणा गरेको इलेक्ट्रीक मोडल बजारमा आउन लागेको हो ।

होन्डाले आफ्नो इलेक्ट्रीक लाइनअपमा एस-७ र पी-७ सँगै जीटी कन्सेप्ट समेत देखाएको थियो । पछिल्लो सूचना अनुसार ‘ई एस-७’मा तयार भएको हो । कम्पनीले यसमा सीएलटीसी रेन्ज ६२० किलोमिटर रहने ब्याट्री दिएको छ ।

एस-७ मोडलमा ८९.८ किलोवाट आवरको सीएटीएलले उत्पादन गरेको टर्नरी लिथियम आयोन ब्याट्री प्याक दिइएको छ । दुई मोटर प्रयोग भएको कारण एस-७ फोर ह्वील ड्राइभ सिस्टममा आउने छ । यसको अगाडि १५० किलोवाट र पछाडि रियरमा २०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहने छ ।

होन्डाले एस-७को उच्च गति क्षमता १८० किलोमिटर प्रतिघण्टा रहने जनाएको छ । एस-७ एसयूभीको लम्बाई ४७५० एमएम, चौडाई १९३० एमएम, उचाई १६२५ एमएम छ । कम्पनीले यसमा २९३० एमएम लामो ह्वीलवेस दिएको छ ।

होन्डाको नयाँ डब्लु आर्किटेक्चरमा बनेको एस-७ मा २१ इन्च ठूलो साइज ह्वील दिएको छ । नयाँ एसयूभीको इन्टेरियरका बारेमा आधिकारीक जानकारी बाहिर आएको छैन । यद्यपि, बेइजिङ अटो शोमा देखाए अनुसार थ्री स्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील, एलसीडी इन्स्टुमेन्ट स्कृन प्यानल, ठूलो साइजको सेन्टर माउण्टेड टचस्कृन इन्फोटेन्मेन्ट स्कृन यसमा पाउन सकिन्छ ।

अटोमेटीक क्लाइमेट कन्ट्रोल र सिट कन्ट्रोलका लागि छुट्टै स्कृन, पानारोमिक सनरुफ, बोसको साउण्ड सिस्टम, वायरलेस चार्जिङ प्याड पनि रहनेछ ।


Back_to_top