९७ हजार डाउन पेमेन्टमा एनएक्स-२०० किन्न पाइने

काठमाडौं । होन्डाको आधिकारीक बिक्रेता स्याकार ट्रेडिङले ‘फाइनान्स धमाका स्कीम’ सार्वजनिक गरेको छ । कम्पनीले उक्त स्कीम अन्तर्गत २० प्रतिशत डाउन पेमेन्टमै एनएक्स-२०० स्कुटर खरिद गर्न सकिने स्कीम ल्याएको हो ।

होन्डा एनएक्स २०० एड्भेन्चर टूरर मोटरसाइकल हो । यसको मूल्य ४ लाख ८४ हजार ९०० रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ । प्रिमियम सेग्मेन्टको एड्भेन्चर टूरर मोटरसाइकल किन्ने ग्राहकले मूल्यको २० प्रतिशतले हुने आउने ९६ हजार ९८० रुपैयाँ डाउन पेमेन्ट गर्दा पुग्छ ।

यसका अलावा मोटरसाइकल किन्ने ग्राहकले तीन वर्षको इन्स्योरेन्स वापतको रकम सुरुमै तिर्नु पर्ने हुन्छ । कम्पनीले तीन वर्षे मासिक किस्तामा मोटरसाइकल उपलब्ध गराउने भएको कारण एकै पटक तीन वर्षको बीमा वापतको ३१ हजार ३६५ रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

किस्तामा मोटरसाइकल किन्नेले फाइनान्स चार्ज वापतको १३ हजार ४६० रुपैयाँ समेत सुरुमै तिर्नु पर्ने कम्पनीले जनाएको छ । सबै गरेर १ लाख ४१ हजार ८०५ रुपैयाँ सुरुमा तिरेर एनएक्स २०० किन्न सकिन्छ ।

बाँकी कर्जामा लिएको रकम मासिक मासिक १३ हजार ८३० रुपैयाँका दरले ३६ महिनासम्म किस्ताको रुपमा बुझाउनु पर्ने हुन्छ ।

यस्तो छ होन्डा एनएक्स २००

एड्भेन्चर मोटरसाइकल मन पराउनेहरुका लागि उपयुक्त एनएक्स-२०० मा १८४ सीसी क्षमताको सिंगल सिलिन्डर इन्जिन छ । उक्त इन्जिनले १७.२७ बीएच पावर र १६.१ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।

बक्स टाइप स्वीङआर्म, हर्नेटमा प्रयोग भएको च्याचिस, अगाडि गोल्डने यूएसडी फर्क र पछाडि मोनोशक सस्पेन्सन दिइएको छ ।

होन्डा एनएक्स २०० मा सार्प लुकिङ एलइडी लाइट, एलएडी टर्न इन्डिकेटर, नकल गार्ड, विन्ड स्क्रीन, टल ह्यान्डलवार दिइएको छ । साथै, स्प्लीट सिट, इन्जिन कौल र डबल पर्पोज टायर यसको मुख्य विशेषता हो ।

यसमा दिइएको अप राइट ह्यान्डलबार सेटअपले यसलाई अनरोड तथा अफरोड दुबै सुहाउँदो बनाएको छ । डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, डिस्क ब्रेक, डबल च्यानल एबीएस, ब्ल्याक अलोय ह्वील यसमा उपलब्ध मुख्य फिचर हुन् ।


Back_to_top