काठमाडौं । केटीएम ३९० एड्भेन्चरको २०२४ मोडल नेपाल आउने भएको छ । कम्पनीले २०२४ मोडल केटीएम ३९० एड्भेन्चरको प्रि-बुकिङ खुला गरेसँगै नेपाल आउने पक्का भएको हो ।
कम्पनीले पुरानै मूल्यमा २०२४ मोडल केटीएम ३९० एड्भेन्चरको बुकिङ खुला गरेको हो ।
यस अघि नेपालम बिक्री हुँदै आएको केटीएम ३९० एड्भेन्चरको मूल्य ९ लाख ९९ हजार ९०० रुपैयाँ थियो । अब कम्पनीले नयाँ मोडल पनि त्यहि मूल्यमा दिनेगरी प्रि-बुकिङ खुला गरेको हो ।
केटीएम मोटरसाइकलको नेपालका लागि आधिकाकिर बिक्रेता कम्पनी हंशराज हुलाशचन्द एण्ड कम्पनीले ३९० एड्भेन्चर बुकिङ गर्ने ग्राहकलाई ४६ हजार रुपैयाँ पर्ने एरो मोटोक्रस हेलमेट निःशुल्क उपलब्ध गराउने भएको हो ।
२०२४ केटीएम ३९० एड्भेन्चरमा ३७३ सीसी अत्याधुनिक डीओएचसी सिंगल सिलिन्डर, ईएफआई इन्जिन रहेको छ ।
यो इन्जिनले ४३ बीएच पावर तथा ३७ एनएम टर्क जेनेरेट गर्छ । ३९० एड्भेन्चरमा लाइटवेट ट्रलिस् फ्रेम चेसिस, १७० एमएको डब्ल्यूपीको लङ्ग ट्राभल सस्पेन्सन रहेको छ । त्यस्तै यसमा २०० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स, लङ्ग व्हीलवेस, विस्तारित विन्डसिल्ड र इन्जिनको लागि सुरक्षित बेस प्लेट दिइएको छ ।
यसमा सुपर बाइकहरुमा हुने फिचरहरु जस्तै, ट्राक्याक्सन कन्ट्रोल, कर्नेरिङ एबीएस, राइड वाइ वायर, क्वीकशिफ्टर रहेको छ । साथै, टर्न-बाइ-टर्न नेभिगेशन, स्मार्टफोन कनेक्टीभिटी र फूल-कलर टीएफटी डिस्प्ले जस्ता फिचर पाउन सकिन्छ ।

