टाटाको एक्सप्रेस-टी ट्याक्सीको लागि ५ औं चार्जर संचालनमा

काठमाडौं । टाटा मोटर्सको एक्सप्रेस टी विद्युतीय ट्याक्सीको फास्ट चार्जर सिन्धुपाल्चोकको खाडीचौरमा संचालनमा आएको छ । गाडी चालकको सुविधालाई ध्यानमा राखी चार्जिङ्ग स्टेशन थप्न लागेको कम्पनीको भनाई हो ।

सिप्रदीले ट्याक्सी केन्द्रित रहेर संचालनमा ल्याएको यो पाँचौं चार्जिङ स्टेशन हो । यसअघि बालकुमारी, भक्तपुर, गोंगबु र कपनमा ‘एक्सप्रेस-टी’को लागि फास्ट चार्जरहरु संचालनमा छन् ।

टाटा मोटर्सको ‘एक्सप्रेस-टी’ विद्युतीय ट्याक्सी झण्डै एक हजार यूनिट सडकमा गुड्न थालिसकेका छन् । चलाउन सहज र पेट्रोलियम पदार्थ हाल्नु नपर्ने भएको कारण चालकहरुको आकर्षण ईभी ट्याक्सीमा बढ्दै गएको कम्पनीको भनाइ छ ।

त्यसको अलवा नयाँ प्रविधि, आकर्षक तथा सुरक्षित बनोट, पर्याप्त ठाउँ भएको ठूलो गाडी, सामान राख्न पर्याप्त बुट स्पेस यसमा पाउन सकिन्छ । कम्पनीले एक्सप्रेस-टी’ मा १ वर्षको बीमा, ३ वर्षसम्मको निःशुल्क सर्भिसिङ्ग र १ लाख ६० हजार किलोमिटरसम्मको ब्याट्री र मोटरमा वारेन्टी पाउन सकिन्छ ।

कम्पनीले उपत्यका बाहिर ट्याक्सीको लागि चार्जर राख्ने कामलाई तिब्रता दिन थालेको छ । अब चाँडै दुधौली कटारीमा पनि ट्याक्सीको लागि फास्ट चार्जर राख्ने प्रक्रिया सुरु भएको कम्पनीले जनाएको छ ।


Back_to_top