१२५ सीसीको होन्डा ‘मङ्की’ भारतमा उत्पादन हुने, यस्ता छन् फिचर

काठमाडौं । होन्डाले नयाँ मिनि मोटरसाइकलको भारतमा पेटेन्ड दर्ता गराएको छ । योसँगै चाँडै भारतीय बजारमा होन्डा मङ्कीको उत्पादन सुरु हुने अनुमान गरिएको छ ।

होन्डाले यसअघि यो लाइफ स्टाइल प्रडक्टलाई भारतीय बजारमा बिक्री गर्ने गरेको थिएन । भने, नेपालमा दुई यूनिट मङ्की मोटरसाइकल रहेको छ । होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले व्यवसायीक बिक्री गर्नेगरि भने यसलाई नेपाल ल्याएको छैन ।

होन्डाले पनि केही समयको लागि बन्द गरेको मङ्की मोटरसाइकलको पुनः उत्पादन २०१९ बाट सुरु गरेको थियो । मुख्यत कम संख्यामा मोटरसाइकल बिक्री गर्दा बिक्री पछिको सेवामा धेरै असर पर्ने हुँदा कम्पनीले यस्ता उत्पादन नेपालमा बिक्री सुरु नगरेको बताइन्थ्यो ।

विशेषत नेपालमा यस्ता उत्पादन थाइल्याण्डबाट ल्याउनु पर्ने थियो । अब भारतीय बजारमा उत्पादन गर्ने भएसँगै नयाँ होन्डा मङ्की नेपाली बजारमा आउन सक्ने अनुमान गर्न सकिन्छ ।

होन्डाले अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको मङ्कीमा १२५ सीसी इन्जिन दिएको जसले ७ हजार आरपीएममा ९.३ बीएच पावर र ५२५० आरपीएममा ११ एनएम टर्क प्रदान गर्छ । यसलाई कम्पनीले फिउल इन्जेक्शन टेक्नोलोजीमा आधारत रहेर ल्याएको छ । ५.६ लिटरको इन्धन ट्यांकी रहेको मोटरसाइकलको तौल १०७ किलोग्राम रहेको छ ।

होन्डा मङ्कीमा डिस्क ब्रेक र एबीएस फिचर उपलब्ध रहेको छ । एलइडी हेडलाइट रटेल लाइट रहेको यो मोटरसाइकल विश्व बजारमा तीन कलर भेरिएन्टमा उपलब्ध रहेको छ । होन्डा मङ्कीले प्रतिलिटर ६७.१ किलोमिटर माइलेज दिनेछ ।


Back_to_top