काठमाडौं । जापानी दुईपांग्रे सवारी उत्पादक कम्पनी होन्डाले नयाँ मोटरसाइकल ल्याउने भएको छ । होन्डाले नयाँ मोटरसाइकल एनएससी (नियो स्पोर्टस क्याफे) प्रोजेक्ट अन्तर्गत उत्पादन गर्ने लागेको जनाएको छ ।
यो मोटरसाइकल स्पोर्टस् डिजाइनमा बनाइने उल्लेख गरिएको छ । यो मोटरसाइकल ६ नोभेम्बरमा सार्वजनिक हुनेछ जुन इटालीको मिलानमा हुने इआइसीएमए मोटसाइकल शोको अघिल्लो दिन हो ।
उक्त मोटरसाइकल फोर सिलिन्डर वाटर कुल्ड ९ सय ९८ सीसी इन्जिन क्षमतको रहेको छ । यो मोटरसाइकलमा एबीएस सिस्टम दिइने कम्पनीले जनाएको छ । एनएससी प्रोजेक्टको नयाँ मोटरसाइकल हालको सीबी ६५०एफ मोडल जस्तै हुनेछ । यसमा राउन्डेर हेडल्याम्प, फूल एलइडी, डे टाइम रनिङलाइटलगायत विशेषता रहने छन् ।