काठमाडौं । बस, ट्रक, ट्रिपर तथा अन्य हेभी इक्विपमेन्टमा लाग्ने इन्जिन आयल क्यास्ट्रोल भेक्टन नेपाली बजारमा भित्रिएको छ । क्यास्ट्रोल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक विक्रेता नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नले क्यास्ट्रोल भेक्टन नेपाली बजारमा ल्याएको हो ।
एक कार्यक्रमका बीच क्यास्ट्रोलका कन्ट्री म्यानेजर पन्चानन राउत र नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नका म्यानेजिङ डाइरेक्टर ज्ञानप्रसाद कर्माचार्यका साथै नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष दीपक खड्का र महासचिव ठाकुर प्रसाद न्यौपाने, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका महासचिव सुनिल रिजाल, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष प्रेम श्रेष्ठ र नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौंका उपाध्यक्ष महेश कुँवरले संयुक्त रुपमा क्यास्ट्रोल भेक्टन सार्वजनिक गरे ।
सो अवसरमा नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नका म्यानेजिङ डाइरेक्टर ज्ञानप्रसाद कर्माचार्यले समय, प्रविधि र ग्राहकको आवश्यकता तथा माग अनुसार क्यास्ट्रोलले नयाँ उत्पादन नेपाली बजारमा ल्याएको बताए ।
क्यास्ट्रोल भेक्टन सीआई–४ प्लस-ई७ प्रविधिको मल्टिग्रेड डिजेल इन्जिन आयल हो । यसमा अन्य कुनै पनि लुब्रिकेन्टमा नभएको युनिक ‘सिष्टम फाइभ टेक्नोलोजी’ प्रयोग गरिएको छ, जसका कारण सो लुब्रिकेन्टले पहिले प्रचलित लुब्रिकेन्ट भन्दा ३० प्रतिशत बढी पर्फमेन्स दिने कम्पनीको दाबी छ ।