काठमाडौं । नाडा अटो शोको अवसर पारेर स्याकार इन्भेष्टमेन्टले नयाँ कर्जा योजना ल्याएको छ । कम्पनीले ल्याएको नयाँ योजना अनुसार ३० प्रतिशत डाउन पेइमेन्ट होन्डाका गाडीहरु खरिद गर्न सकिने छ ।
स्याकार इन्भेष्टमेन्ट कम्पनी ज्योति समुहद्धारा होन्डाका गाडी र दुईपाङ्ग्रे सवारी साधनमा कर्जा प्रबाह गर्ने कम्पनी हो । कम्पनीले ३० प्रतिशत डाउन पेइमेन्ट र ११.५ प्रतिशत ब्याजदरमा लगानी गर्ने जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाले लगानी गरेको कर्जामा ब्याजदरमा उतारचढाव भइरहने हुन्छ भने कम्पनीले दिने कर्जामा ब्याजदर परिर्वतन हुँदैन ।
‘हामीले दिने कर्जा ५ वर्षको हुन्छ, त्यसमा कुनैपनि समय ब्याजदर परिर्वतन हुँदैन’ कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।
अटो शोमा कम्पनीले आफ्नो चर्चित मोडलको अलन्यु होन्डा अमेज सार्वजनिक गरेको छ । भारतीय बजारमा कम्प्याक्ट सेडान सेग्मेनटमा नम्बर एक बिक्री भइरहेको अमेजलाई टार्गेट गरेर कम्पनीले यो अफर ल्याएको अनुमान लगाउन सकिन्छ ।


