काठमाडौं । पछिल्लो दिनमा पेट्रोलियम पदार्थको मूल्य बढ्दो क्रममा रहेको छ । डलरको तुलनामा रुपैयाँ कमजोर हुने क्रम रोकिएको छैन । यस्तोमा सवारी साधनले दिने माइलेज निकै महत्वपूर्ण हुन आउँछ ।
सवारीसाधनले तोकिएको माइलेज नदिने कारण ड्राइभिङ र समयमा गाडीको सर्भिसिङ नगर्नाले हो । सहि तरिकाले ड्राइभिङ गर्ने हो भने गाडी होस् वा बाइक सबैको माइलेज बढाउन सकिन्छ ।
स्पीडमा विशेष ध्यान
टु ह्वीलर वा फोर ह्वीलर चलाउँदा स्पीडलाई स्मुथ राख्नु पर्छ । बेला बेलामा स्पीड घटाउने वा बढाउने गर्नाले इन्धन धेरै खपत हुने गर्छ । स्मुथ ड्राइभिङले इन्धन वचत हुने छ ।
क्लचको प्रयोग कम
बारम्बार क्लचको प्रयोग गर्नाले सवारीसाधनले धेरै इन्धन खपत गर्ने छ । यस्तोमा सकभर कम क्लचको प्रयोग गर्नु पर्छ । साथै धेरै क्लचको प्रयोग गर्नाले क्लच प्लेटमा समेत नोक्सानी हुने छ ।
कम सामान राख्नु
सवारीसाधनमा आवश्यक मात्रामा मात्रै सामानहरु राख्ने गर्नुहोस् । धेरै सामान राख्नाले सवारीसाधनमा लोड धेरै पर्छ । यसरी लोडपर्दा त्यसको सीधा असर माइलेजमा पर्ने गर्छ ।
सकभर ट्राफिक जामबाट बच्नु
ट्राफिक जाममा बस्दा सवारीसाधनलाई बिस्तारै अगाडि बढाउनु पर्ने हुन्छ । यसरी सवारीसाधनलाई अगाडि बढाउँदा इन्धनको बढी खपत हुन्छ । जाममा बस्दा क्लच, ब्रेकको धेरै प्रयोग गर्नु पर्ने हुनाले जामबाट बच्नसके माइलेज धेरै पाउन सकिन्छ ।
समयमा सर्भिस
समयमा सर्भिस नगर्नाले सवारीसाधनमा धेरै किसिमका असर पर्ने गर्छ । त्यसैले समयमा नै सर्भिसिङ गर्नु पर्ने हुन्छ । साथै, सर्भिस अर्थोराइज सेन्टरमा मात्रै गराउनु उपयूक्त हुन्छ । लोकल ठाँउमा सर्भिस गराउँदा जेनियुन सामान नपर्न सक्छ ।
धेरै पटक इन्जिन अन अफ नगर्नु
धेरै मानिसलाई लाग्न सक्छ ट्राफिक जाममा बस्दा स्टार्ट अन अफ गर्नाले इन्धन बचत हुन्छ । त्यस्तो होइन यसरी अन अफ गरिरहँदा इन्धन खपत धेरै हुन्छ भने सवारीसाधनमा भएको ब्याट्रीको प्रयोग धेरै हुनाले त्यसमा समेत असर पर्छ ।
टायरमा हावा चेक गर्नु
माइलेको लागि अर्को महत्वपूर्ण विषय टायरमा रहेको हावा सहि छ या छैन भनेर एकिन गर्नुपर्ने हुन्छ । यदि टायरमा हावाको मात्रा धेरै वा थोरै हुँदा त्यसको प्रत्यक्ष असर माइलेजमा पर्छ ।
कम गिएरमा नचलाउनु
बाटो खाली भएसम्म कम गियरमा सवारीसाधन चलाउनु हुँदैन । यसरी कम गियरमा गाडी चलाउँदा इन्धन खपत बढी हुने गर्छ । त्यसैले सम्भव भएसम्म माथिल्लो गियरमा सवारी साधन चलाउँदा माइलेज धेरै आउने हुन्छ ।

