काठमाडौं । होण्डाले भारतीय बजारमा नयाँ स्कुटर ल्याउने भएको छ । कम्पनीले होण्डा एनएक्स १२५ सीसीको स्कुटर भारतीय बजारमा ल्याउने भएको हो ।
होण्डा एनएक्स अन्तर्राष्ट्रिय बजारमा पहिलादेखि नै उपलब्ध रहेको मोडल हो । कम्पनीले यसलाई भारतमा ल्याउनका लागि पेटेन्ट दर्ताका लागि आवेदन दिएको छ ।
होण्डा एनएक्सको डिजाइन आधुनिक, स्पोर्टियर किसिमको हुनेछ । यसमा डबल एलईडी हेडल्याम्प, एलईडी इन्डिकेटर्स र सिंगल पिस सिट हुनेछ । यसका साथै, डियो १२५ को जस्तै बडी वर्क र शार्प कट तथा क्रिन्जहरू यस स्कुटरमा देख्न सकिन्छ । यसमा प्रायः फिचरहरू डिओ बराबरकै हुने अनुमान छ ।
मिडिया रिपोर्टहरूका अनुसार, स्कुटरमा यूएसबी चार्जिङ पोर्ट, दुई साना फ्रन्ट माउन्ट स्टोरेज पूरा डिजिटल एलसीडी इन्स्ट्रुमेन्ट कन्सोल, पूरा एलईडी लाइटहरू, टेल लाइट हुनेछ। कम्पनीले यो स्कुटरलाई ६ कलर अप्सनमा ल्याउने अनुमान गरिएको छ ।
होण्डा एनएक्स १२५ मा १२५ सीसी क्षमताको सिंगल सिलिन्डर, एफआई इन्जिन हुनेछ । जसले अधिकतम ८.७ पीएस पावर तथा ९.७ एनएमको पीक टर्क जेनेरेट गर्छ। यसमा टेलिस्कोपिक फ्रन्ट फोर्क र सिंगल रियर स्प्रिङ सस्पेन्सन सेटअपसँगै फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक हुनेछ ।

