अफरोड ट्रयाकमा खरो उत्रियो ‘जेको जे-सिक्स’ (फोटोफिचर)

काठमाडौं । ओमोडा/जेकोको आधिकारीक बिक्रेता एसपीजी अटोमोवाइलले धुलिखेलको डर्ट टेम्पलमा ‘अफरोड ट्रेल एड्भेन्चर’ कार्यक्रम आयोजना गरेको छ । कम्पनीले मिडिया, उपभोक्ता र इन्फ्लुयन्सरहरु बोलाएर जेको जे-सिक्सको अफरोड टेष्ट गरेको हो ।

जेको जे-सिक्स चलाउने अधिकांश चालकले विद्युतीय गाडीमा अलगै अनुभव गर्न पाएको प्रतिक्रिया दिएका थिए । लाइफ स्टाइल एसयूभी सेग्मेन्टमा आएको जे-सिक्स रियर ह्वलि ड्राइभ गाडी हो । अल ह्वील ड्राइभ नभएपनि यसले डर्ट टेम्पलको अफरोड ट्रयाकमा उत्कृष्ट पर्फमेन्स गरेको थियो ।

कम्पनीले आयोजना गरेको कार्यक्रम जेको जे-सिक्सको क्षमता परीक्षणसमेत भएको बताउँदै एसपीजी अटोमोवाइल्सका कार्यकारी निर्देशक गौरश सारडाले भने, ‘जसरी यहाँ चालकले थ्रिल फिल गर्न सकेका छन्, त्यहि कुरा पुष्टि गर्न अफरोड ट्रयाकमा जे-सिक्सलाई उतारेका हौं । गाडीको पर्फमेन्ससँग म निकै सन्तुष्ट छु ।’

कार्यक्रममा झण्डै ४० जना विभिन्न क्षेत्रका मानिसले अफरोड ट्रयाकमा जेको जे-सिक्स चलाएका थिए । कार्यक्रममा लगभग १४० जनाले सहभागिता जनाएका थिए । कार्यक्रममा म्यूजिक, विभिन्न किसिमका मनोन्जनात्मक खेलकुदसँगै विभिन्न किसिमका फुडहरु राखिएको थियो ।


Back_to_top