होन्डाले ल्याउँदै नयाँ कम्प्याक्ट एसयूभी

होन्डाले भारतीय बजारमा नयाँ एसयूभी उत्पादन गर्ने तयारी गरिरहेको छ । उक्त कुराको पुष्टी कम्पनीका सिइओ याचिरो यिनोले गरेका हुन् । उनले भविष्यमा होन्डाले धेरै प्रडक्ट एसयूभी सेग्मेन्टमा ल्याउन लागेको समेत जनाएका छन् ।

भारतमा आफ्नो बजार हिस्सा करिब ५ प्रतिशत पुर्याउने लक्ष्य बनाएको होन्डाले भिटारा ब्रेजा, हुन्डाई भेन्यू जस्ता मोडललाई टक्कर दिन भारतमा चार मिटरभन्दा छोटो साइजमा कम्प्याक्ट एसयूभी ल्याउन लागेको हो ।

भारतमा आफ्नो ह्याचव्याक कार ज्याजलाई क्रसओभर गरेर उत्पादन गरिएको डब्ल्यूआरभीको सफलतापछि कम्पनीले अमेजको प्ल्याटफर्ममा नयाँ एसयूभी बनाउन लागेको अनुमान गरिएको छ ।

अमेज भारतमा होन्डाको सर्वाधिक बिक्री हुने मोडल हो । अमेजको क्रेजलाई कायम राख्दै एसयूभी सेग्मेन्टको बिक्रीमा फाइदा लिने तयारीमा होन्डा रहेको अनुमान गरिएको छ ।

कम्पनीले ल्याउने उक्त एसयूभीमा १.२ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिन दिइने अनुमान गरिएको छ । साथै, उक्त इन्जिनमा म्यानुयल र अटोमेटिक दुबै गियरबक्स दिइने छ ।


Back_to_top