होन्डाले भारतमा बनायो पहिलो इलेक्ट्रीक स्कुटर !

जापानीज मोटरसाइकल निर्माता कम्पनी होन्डाले इलेक्ट्रीक स्कुटर भारतीय शोरुममा शोकेस गरेको छ । भारतमा होन्डा स्कुटर सेग्मेन्टमा निकै बलियो कम्पनी हो । भारतमा होन्डाको स्कुटर पोर्टफोलियोमा एक्टिभा, ग्राजियासँगै डियोले उत्कृष्ट व्यापार गरिरहेको छ । यी तिनै स्कुटर होन्डाका सफल मोडल हुन् ।

कम्पनीले आयोजना गरेको एक कार्यक्रममा होन्डा पीसीएक्स शोकेस गरेको हो । निकट भबिष्यमा होन्डाले यो स्कुटरलाई आफ्नो पोर्टफोलियोमा समावेश गर्ने तयारी गरेको छ । यसको कन्सेप्ट भने कम्पनीले अटो एक्स्पो २०१८ मा देखाएको थियो ।

त्यसपछि कम्पनीले हालसम्म इलेक्ट्रीक स्कुटरको बारेमा कुनै आधिकारीक जानकारी दिएको छैन । भारतमा इलेक्ट्रीक सवारीको माग खासै बढ्न सकिरहेको छैन । केही शहरी क्षेत्रमा भने यस्ता सवारीसाधनको माग बढ्दै गएको छ ।

एथर इनर्जी, ओकिनवा इलेक्ट्रीक, हिरो इलेक्ट्रीक जस्ता कम्पनीले आफ्ना स्कुटर बजारमा ल्याएका छन् भने बजाजले आफ्नो पुरानो ब्राण्ड नेमबाट चेतक बजारमा उतार्दैछ । यस्तोमा होन्डाले समेत पीसीएक्सलाई बजारमा ल्याउने तयारी गरेको बुझ्न कठिन हुँदैन ।

होन्डा पीसीएक्समा ४ किलोवाटको मोटर दिइएको अनुमान गर्न सकिन्छ । यसमा दुईवटा रिमुवेबल लिथियम आयोन ब्याट्री प्याक दिइएको छ । यसलाई होन्डा मोवाइल पावर प्याकसमेत भनिन्छ । यसमा रहेको दुवै ब्याट्रीको पावर १.०३÷१.०३ किलोबाट आवर रहेको छ । यी दुबै ब्याट्रीलाई स्कुटरबाट निकालेर छुट्टा छुट्टै चार्ज गर्न सकिन्छ । सामान्य घरायसी चार्जबाट चार्जगर्दा ४ घण्टामा यी ब्याट्री फुलचार्ज गर्न सकिन्छ ।


Back_to_top