नयाँ फिचर थपियो भेष्पा-१५० स्कुटरमा, एबीएसले थप सुरक्षीत

काठमाडौं । पियाजीयो कम्पनीले आफ्नो चर्चित क्लासिक स्कुटर भेष्पामा सिंगल च्यानल एबीएसको विशेषता प्रदान गरेको छ । साथै, कम्पनीले आफ्नो चर्चित उत्पादनमा बीएस ६ मापदण्ड अनुसारको इन्जिनपनि प्रदान गरेको छ ।

अहिले नयाँ इन्जिनमा आफ्ना उत्पादनलाई बजारमा ल्याउन भारतीय अटो उत्पादकहरुलाई निकै चटारो परिरहेको छ । हरेक दिनजसो कम्पनीहरुले नयाँ इन्जिनमा आफ्नो उत्पादन आएको मिडिया रिलिज गरिरहेका छन् ।

यामाहाले आफ्ना सबै स्कुटरहरु भारतीय प्रदुषण मापदण्ड बिएस ६ अनुसारको इन्जिनमा ल्याइसकेको छ । यस्तोमा पियाजीयो कम्पनीले पनि आफ्नो चर्चित स्कुटर भेस्पालाई नयाँ इन्जिनमा ल्याएको हो ।

कम्पनीले आफ्नो क्लासिक स्कुटर भेस्पा १५० एसएक्सएलमा दिएको १५० सीसीको नयाँ इन्जिनले अधिकतम १०.८ बीएच पावर प्रदान गर्नेछ । उक्त इन्जिनमा कन्टिन्यूअस भेरियबल गियरबक्स दिएको छ ।

नयाँ भेष्पामा अगाडि चक्कामा २०० एमएमको भेन्टिलेटेड डिस्क ब्रेक र पछाडि चक्कामा १४० एमएमको ड्रम ब्रेक दिएको छ ।

कम्पनीले यस स्कुटरको अगाडि एयरक्राफ्ट डेरिभ सिंगल साइड आर्म फ्रन्ट सस्पेन्सन विथ एन्टी ड्राइभ क्यारेक्टरिस्टिक सस्पेन्सन र पछाडि डियुल इफेक्ट हाइड्रोलिक शक एब्जर्वर सस्पेन्सन दिएको छ ।

भेष्पा नेपाली बजारमा पनि निकै रुचाइएको स्कुटरमा पर्छ । दुगर्ड समूह अन्तर्गतको विवेक अटोमोबाइलले यसलाई नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।


Back_to_top