भारतमा बन्दै होण्डाको इलेक्ट्रीक एसयूभी

काठमाडौं । जापानी अटोमोबाइल कम्पनी होण्डाले भारतमा इलेक्ट्रीक एसयूभ बनाउने भएको छ । कम्पनीले आफ्नो कम्प्याक्ट एसयूभी एलिभेटमा आधारित रहेर नयाँ इलेक्ट्रीक एसयूभी बनाउने भएको हो ।

होण्डा कार इण्डियाका सीईओ ताकुया सुमुराले अटोकार इण्डियालसँगको कुराकानीमा भारतमा बन्ने पहिलो इलेक्ट्रीक गाडी कम्प्याक्ट एसयूभी हुने बताएका हुन् । उनका अनुसार भारतमा पहिलो मोडल सन् २०२६ मा बिक्री सुरु हुनेछ ।

भारतमा मारुती सुजुकी र हुन्डाईले पहिलो मोडल कम्प्याक्ट मिड साइज एसयूभी भिटारा र क्रेटा इलेक्ट्रीकमा ल्याउने भइसकेका छन् । होण्डाले एलिभेट ईभीको अलावा थप २ वटा नयाँ ईभीसमेत भारतमा उत्पादन गर्ने जनाएको छ ।

कम्पनीका अनुसार भारतीय बजारमा आउने सबै मोडलहरु हाइब्रिड र फुल इलेक्ट्रीक दुबै अप्सनमा हुनेछन् । होण्डाले एस नाम दिएको कम्प्याक्ट इलेक्ट्रीक भेहिकल प्रोजेक्टमा काम गरिरहेको समाचार यसअघि नै आएको थियो ।

उक्त प्रोजेक्ट अन्तर्गत ५० देखि ७० प्रतिशत सवारी भारतमा बन्ने र जापान लगायतका देशहरुमा समेत निर्यात हुनेछन् ।

सन् २०२५ मा टाटा मोटर्स, एमजी, महिन्द्रा, हुन्डाई, किया, मारुती सुजुकी, टायोटा जस्ता लिडिङ कम्पनीले समेत भारतमा एसयूभी सेग्मेन्टमा नयाँ ईभी मोडल लन्च गर्दैछन् ।


Back_to_top