बजाज चेतकको नयाँ मोडल यही महिना सार्वजनिक हुने

काठमाडौं । बजाजले चेतक इलेक्ट्रीक स्कुटरको नयाँ मोडल सार्वजनकि गर्ने भएको छ । कम्पनीले टिजर सार्वजनिक गर्दै यही डिसेम्बर २० तारिखमा चेतककाे २०२५ मोडल सार्वजनिक गर्ने जानकारी दिएकाे हाे ।

सार्वजनिक टिजरमा ‘दि वेस्ट चेतक एट’ उल्लेख गरिएको छ भने ‘फुल्ली लाइफप्रुफ’ लेखिएको छ ।

बजाज अटोले २०२० मा पहिलो पटक सार्वजनिक गरेको चेतक इलेक्ट्रीक भारतमा तेस्रो धेरै बिक्री हुने स्कुटर बन्न सफल भएको छ । कम्पनीले यस अवधिमा चेतक स्कुटरलाई अपग्रेड गर्दै आएको छ भने मूल्य पनि समायोजन गरेको छ ।

कम्पनीले यसै महिनादेखि बिक्रीमा ल्याउन लागेको २०२५ मोडल चेतक स्कुटरले प्रतिस्पर्धी स्कुटरहरू टीभीएस आइक्यूव, ओला एस १ र एथर रिज्टा जस्ता स्कुटरलाई अझ कडा टक्कर दिने अनुमान गरिएको छ ।

कम्पनीले चेतकको नयाँ भर्सन पूर्ण रुपमा नयाँ च्यासिस निर्माण गरेको छ । बजाजले नयाँ चेतकमा अन्डर सिट स्टोरेज बढाउने अनुमान गर्न सकिन्छ । यसका लागि चेतकको फ्लोर बोर्डमा ब्याट्री राखिने छ । यसले स्कुटरको ह्याण्डलिङ्का साथै, कन्ट्रोल र लोअर सेन्टर ग्रयाभिटिले कर्नरिङ तथा ब्रेकिङमा सुधार ल्याउने छ ।

कम्पनीले नयाँ चेतकमा नयाँ ब्याट्री प्रयोग गरेको अनुमान गरिएको छ । सार्वजनिक टिजरमा लेखिएको फुल्ली लाइफप्रुफले नयाँ ब्याट्रीमा आउने संकेत गरेको छ भने ब्याट्री अझै सुरक्षित भएर आउने अनुमान गर्न सकिन्छ ।
रेगुलर चेतकको सुरूवाती मूल्य ९६ हजार भारतीय रुपैयाँदेखि १ लाख २७ हजार रुपैयाँसम्म रहेको छ भने नयाँ आउने चेतकको मूल्य भने  १ लाख भारु हाराहारीमा हुने अनुमान छ ।


Back_to_top