भूकम्पले ढालेको तातोपानी नाका उठ्ने प्रयास गर्दै, मुख्य आयात विद्युतीय साधन

काठमाडौं । २०७२ सालको भूकम्पले थलिएको तातोपानी भन्सारमा चहलपहल सुरू भएको छ । भूकम्प अघि निकै ब्यस्त हुने यो नेपाल-चीन नाका भुकम्पपछि सुनासान बन्न पुग्यो ।

भुकम्प आउनु अघि चिनियाँ सरकारको ग्रान्टमा लार्चामा सुख्खा बन्दरगाहा बन्दै थियो । निर्माणाधिन सुख्खा बन्दगाहा भूकम्पले तहसनहस बनायो । झण्डै एक दशकपछि त्यही बन्दरगाहा भरिभराउ भएको छ ।

नेपाल सरकारको नेपाल इन्टरमोडल यातायात विकास समिति अन्तर्गत राखेर संचालन गरिरहेको सुख्खा बन्दरगाहा ट्रान्स सिल्क टरमिनल्स प्रालिले ठेक्कामा लिएर संचालन गर्दै आएको छ । बिक्रम सम्वत २०७९ भदौमा इन्टरमोडल यातायात विकास समितिले टेन्डर मार्फत ११ करोड ७० लाख रुपैयाँमा ट्रान्स सिल्कलाई ठेक्कामा दिएको थियो ।

सुख्खा बन्दगाहा प्राइभेट कम्पनीलाई संचालन गर्न दिदाँ व्यबस्थित हुने बताउँदै इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल भन्छन्, ‘सार्वजनिक निजी साझेदारी मोडल अन्तर्गत यो पोर्ट संचालनमा छ । हाम्रो अनुभवले निजी क्षेत्रमार्फत काम गर्दा सरकारलाई आउने आम्दानी पनि वृद्धि हुने र सेवाको स्तर पनि वृद्धि हुने देखियो ।’

तातोपानी भन्सारबाट चिनियाँ विद्युतीय सवारी साधनको आयत बढ्दै गएको छ । नेपालबाट निर्यात ठप्प जस्तै छ । यहाँ चीनबाट आयात भएका सवारी साधन भन्सार जाँचपासको लागि राखिएको भेटिन्छ । प्रायः दिन १५० हाराहारी सवारी सधानलाई व्यवस्थित पार्किङ गर्ने, मालबस्तु राख्न आधुनिक गोदाम निर्माण गर्ने र आधुनिक मेसिनहरुको प्रयोग गरेर अन्तर्राष्ट्रिय स्तरको पोर्ट बनाउने काम भइरहेको गजुरेलले जानकारी दिए ।

चिनियाँ सवारी साधन आतायको हव बन्दै

पछिल्लो समय नेपालमा विद्युतीय सवारी साधनको आयात बढ्दो छ । विद्युतीय सवारी साधनको आयात हुने प्रमुख नाका रसुवाको टिमुरेसँगै अहिले तातोपानी पनि एक हो ।

मूख्यतया एमएडब्लू ग्रुपले आयात गर्ने दीपल, नामी, फोटोन, सोकोन जस्ता ब्राण्डका विद्युतीय साधन तातोपानी नाका हुँदै आइरकेका छन् । त्यस्तै सारडा ग्रुपले आयात गर्ने जेको, ओमोडा, जिकर, गोल्छा अर्गनाइजेशनको लीप मोटर पनि यही नाकाबाट आयात हुन्छन् ।

सडकको अवस्था जिर्ण

२०७२ सालको भुकम्पले जिर्ण भएको तातोपानी भन्सार पुग्ने बाटको अवस्था अझैपनि दयनीय अवस्थामा छ । अझ यसवर्ष असोजमा भएको भिषण वर्षका कारण पुलहरु समेत बगाएर एक महिना बढी बाटो रोकिएको थियो ।

लार्चा बन्दरगाहको रिटेनिङ वालमा समेत बाढिले ठूलो क्षती पुर्याएको छ । चीनतर्फ भने चिनियाँ सरकारले धमाधम मर्मतको काम गरिरहेको छ । हाम्रोमा भने पुनर्निर्माणको कार्य अझै सुरु भएको छैन ।


Back_to_top