राइड सेयरिङ गर्नेलाई उत्कृष्ट विकल्प, दैनिक २३० रुपैयाँमै होण्डा साइन

काठमाडौं । दैनिक २३० रुपैयाँ किस्ता तिरेर होण्डाको साइन १२५ बीएस ६ मोटरसाइकल खरिद गर्न सकिने भएको छ ।

नेपालका लागि होण्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ल्याएको आकर्षक फाइनान्स स्कीम अन्तर्गत यस्तो सुविधा पाइने भएको हो ।

कम्पनीका अनुसार यस अफर अन्तर्गत ग्राहकले होण्डाको साइन १२५ बीएस ६ मोडल खरिद गर्दा २४ महिना किस्ताबन्दी सुविधा पाउने छन् ।

नेपाली बजारमा होण्डा साइन बीएस ६ को मूल्य २ लाख ९२ हजार ९०० रुपैयाँ छ । यस योजना अन्तर्गत ग्राहकले उक्त मोटरसाइकल खरिद गर्न सुरूमा ५० प्रतिशत अर्थात् १ लाख ४६ हजार ४५० रुपैयाँ डाउन पेमेन्ट गर्नुपर्छ ।

बाँकी ५० प्रतिशत अर्थात् १ लाख ४६ हजार ४५० रुपैयाँ ग्राहकले १२ प्रतिशत ब्याजदरमा ऋण पाउने छन् । उक्त ऋण ग्राहकले २४ महिनामा तिरिसक्नुपर्छ । यसमा ग्राहकलाई मासिक ६ हजार ८९४ रुपैयाँ किस्ता बुझाउन पर्छ । त्यसलाई दैनिक हिसाब गर्दा २३० रुपैयाँ मात्रै किस्ता तिरे पुग्छ ।

यद्यपि, ४० प्रतिशत डाउन पेमेन्टमा पनि यो मोटरसाइकल खरिद गर्न सकिन्छ । यसो गर्दा दैनिक किस्ता केही बढी अर्थात् २४५ रुपैयाँ तिर्नुपर्छ ।

यो अफर दुइपाँग्रे साधनमा पठाओ, इन्ड्राइभ, याङगो जस्ता राइड सेयरिङ गर्ने चालकहरूलाई धेरै उपयुक्त हुने देखिन्छ । होण्डा साइन मोटरसाइकल बजेट फ्रेण्डली भएकाले धेरै लगानी गर्न नपर्ने र त्यसबाटै आम्दानी गरेर किस्ता तिर्न सक्ने भएकाले राइड सेयरिङ गर्नेका लागि उपयुक्त देखिन्छ ।

साथै, ब्राण्ड भ्यालु धेरै नघट्ने, पर्फमेन्स पनि निकै राम्रो, प्रशस्त रूपमा माइलेज, सर्भिसिङ खर्च पनि कम हुने भएकाले यो मोटरसाइकल उनीहरूका लागि उत्कृष्ट विकल्प बन्न सक्छ ।

राइड सेयरिङ चालकले यो मोटरसाइकल खरिद गर्दा दैनिक २३० रुपैयाँ किस्ता सहजै तिर्न सक्छन् । कुनै दिन आम्दानी नभए पनि अघिल्लो दिनको कमाईले किस्ता तिर्न पुग्छ । किस्ता तिर्नैका लागि धेरै प्रेसर लिन पर्दैन ।

यस्तो छ होण्डाको साइन बीएस ६ मोटरसाइकल

साइनमा १२३.९४ सीसीको सिंगल सिलिण्डर, फोर स्ट्रोक, एयर कुल्ड, एफआई, बीएस ६ इन्जिन छ । यो इन्जिनले अधिकतम १०.७४ पीएस पावर र ११ एनएम टर्क जेनेरेट गर्छ । मोटरसाइकलमा ५ स्पीडको गियरबक्स छ ।

साइन मोटरसाइकलले १ लिटर पेट्रोलबाट ६५ किलोमिटरसम्म माइलेज दिने कम्पनीको दाबी छ । यसको अगाडि टायरमा डिस्क र पछाडि ड्रमब्रेक, फ्रन्टमा टेलिस्कोपिक फोर्क, रियरमा स्प्रिङ लोडेड हाइड्रोलिक सस्पेन्सन सेटअप, अलोय ह्वील र ट्युबलेस टायर रहेको छ ।

डाइमन्ड फ्रेममा बनेको यस मोटरसाइकलमा पूरा नयाँ मिटर डिजाइन, साइड स्ट्याण्ड कटअफ, साइलेन्ट स्टार्टर, डीसी हेडल्याम्प, इन्टिग्रेटेड हेड्ल्याम्प बिम, बोल्ड फ्रन्ट भाइजर, प्रिमियम क्रोम स्ट्रोक साइड कबर र हाइ ग्राउण्ड क्लियरेन्स लगायत सुविधाहरू छन् ।


Back_to_top