काठमाडौं । बुद्ध एयरले भ्यालेन्टाइन डेको अवसरमा ग्राहकहरूका लागि माउन्टेन फ्लाइटमा विशेष अफर ल्याएको छ ।
कम्पनीले यस अफर अन्तर्गत एउटा टिकट खरिद गर्दा अर्को सित्तैमा उपलब्ध गराउने भएको हो । अर्थात् एउटै टिकट काटेर दुई जनाले यात्रा गर्न पाउने भएका हुन् ।
कम्पनीका अनुसार १४ हजार २५६ रुपैयाँमा दुई जनाले सगरमाथासहित विभिन्न हिमश्रृंखलाहरूको अवलोकन गर्न सक्नेछन्।
उडान अवधि करिब १ घण्टाको रहने एयरलाइन्सले जनाएके छ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरू भई हिमाली दृश्यावलोकनपछि पुनः काठमाडौंमै अवतरण हुनेछ।
उडानमा सहभागी प्रेमिल जोडीहरूलाई गुलाबको फूल, चकलेटलगायत विशेष उपहारसमेत प्रदान गरिने बुद्ध एयरले जनाएको छ।
यस अफरअन्तर्गत सिट संख्या सीमित रहेकाले इच्छुक यात्रुहरूलाई समयमै टिकट बुक गर्न एयरलाइन्सले अनुरोध गरेको छ।
टिकट बुकिङ बुद्ध एयरको आधिकारिक वेबसाइट, मोबाइल एप तथा नजिकैको सेल्स काउन्टरमार्फत गर्न सकिनेछ।

