काठमाडौं । होन्डाले २०० सीसी सेग्मेन्टमा पहिलो पटक भारतमा मोटरसाइकल उत्पादन र बिक्री सुरु गरेको छ । जापनी मोटरसाइकल निर्माता कम्पनी होन्डाले भारतमा नयाँ मोटरसाइकल हर्नेट २.० सार्वजनिक गरेको हो ।
कम्पनीले नयाँ हर्नेट २.० लाई प्रिमियम फिचरसहित १ लाख २६ हजार भारतीय रुपैयाँ मूल्य तोकेर सार्वजनिक गरेको हो । भारतमा होन्डको मोटरसाइकल २०० सीसी सेग्मेन्टमा बहुप्रतिक्षित रहेको थियो । यसअघि हर्नेट १६० आर बिक्री हुँदै आएको थियो । हर्नेट १६० आर नेपालमा पनि बिक्री हुँदै आएको मोटरसाइकल हो । यसको अपडेट भर्सनको रुपमा २.० सार्वजनिक भएको हो ।
होन्डाले हर्नेट २.० लाई प्रिमियम बनाउन यूएसडी फर्क, अल डिजिटल ब्लु व्यकलिट इन्स्टुमेन्ट कन्सोल दिएको छ । होन्डाको भारतमा २५ बर्ष पुरा भएको अबसरमा हर्नेट २.० सार्वजनिक भएको हो ।

कम्पनीले यसमा एचइटी पीजीएम-एफआई इन्जिन दिएको छ । १८४ सीसी क्षमताको पिजिएम एफआई इन्जिन दिएको छ । उक्त इन्जिनले १७.०३ बीएच पावर र १६.१ एनएम टर्क जेनेरेट गर्छ ।
यसमा रहेको डिजिटल कन्सोलमा व्याट्री भल्ट मिटरसमेत रहेको छ । यस्तै डबल पेटल डिस्क ब्रेक, सिंगल च्यानल एबीएस, गोल्ड कलर अपसाइड डाउन फर्क, मोनोशक सस्पेन्सन, सिल्ड चेन, एलइडी हेडल्याम्प तथा टेलल्याम्प जस्ता फिचर नयाँ हर्नेट २.० मा उपलब्ध रहेको छ ।
भारतमा उत्पादन भएको पहिलो २०० सीसी सेग्मेन्टको मोटरसाइकल नेपाल आउने अनुमान गर्न सकिन्छ । भारतमा एक्स शोरुम मूल्य १ लाख २६ हजार भारतीय रुपैयाँ रहेकाले यसको नेपालमा अनुमानति मूल्य ४ लाख ४० हजार हाराहारी पर्ने हाम्रो अनुमान रहेको छ ।
होन्डाले भारतमा यसको डेलिभरी सेप्टेम्वर महिनाको पहिलो हप्ताबाट सुरु गर्ने जनाएको छ ।

