पोखरामा कस्तो छ कार व्यापार (भिडियो रिपोर्ट)

काठमाडौं । नेपालको पर्यटकीय नगरी पोखरामा कारको व्यापार कस्तो छ भन्ने चासो धेरैमा पाइन्छ । अहिले नेपालमा बिक्री हुने अधिकांश ब्राण्डले पोखरामा आफ्नो नेटवर्क बनाएका छन् ।

अहिले चल्तीका ब्राण्ड ओमोडा/जेको, एमजी, लीपमोटर, हुन्डाई, टाटा जस्ता ब्राण्डले राम्रै संख्यामा गाडी बिक्री गरिरहेको बिक्रेताहरू बताउँछन् । उनीहरूका अनुसार बजेटपछि कारको व्यापार भने निकै सुस्त छ ।

बीवाइडी, प्रोटोन जस्ता ब्राण्डले शोरुम बनाइरहेका छन् । व्यवसायीहरूका अनुसार वाडा अटो शोपछि राम्रो संख्यामा कार बिक्री भइरहेकोमा बजेटपछि भने बिक्री घटेको छ ।

‘सरकारले कर बढाउँदैछ भनेर धेरै उपभोक्ताले बजेट अगाडि गाडी किने । तर, बजेटले कर नचलाएपछि अफर आउने आशमा धेरै बसेको पाएका छौं,’ लगभग सबै बिक्रेताहरूको एउटै भनाइ छ ।

देशकै ठूलो पर्यटकीय सहरमा कारको व्यापार बढाउन र उपभोक्तालाई उत्कृष्ट सर्भिस प्रदान गर्न कम्पनीहरू लागि परेका छन् । यसले समग्र अटोमोबाइल बजारलाई चलायमान बनाउन सहयोग गरेको छ ।


Back_to_top