हुवावेले बनायो निकै शक्तिशाली इन्जिनमा हाइब्रिड कार

काठमाडौं । मोवाइल निर्माता कम्पनीले हुवावेलाई अमेरिकामा प्रतिबन्ध लगाए पश्चात् कम्पनीलाई चीप अभावका कारण ठूलो नोक्सान भएको थियो । मोवाइलपछि कम्पनी इलेक्ट्रीक भेहिकल निर्माणमा जुटेको हो ।

यसै क्रममा चिनियाँ मोवाइल निर्माता कम्पनीले आफ्नो दोस्रो इलेक्ट्रीक कार सार्वजनिक गरेको छ । कम्पनीले एआईओटी एम-५ इलेक्ट्रीक हाइव्रिड कार सार्वजनिक गरेको हो । यो कार विजुली र इन्धन दुबैको प्रयोगबाट चल्न सक्छ ।

यो कारमा कम्पनीले हार्मोनीओएसको प्रयोग गरेको छ । यसले यो कारलाई स्मार्ट कारको रुपमा विकसित गरेको कम्पनीको दावी छ ।
हुवावेले यो कार सार्वजनिक गरेको ५ दिन भित्र ६ हजार यूनिटभन्दा धेरै बुकिङ लिएको जनाएको छ । कम्पनीले आफ्नो पहिलो लक्जरी एसयूभी एम ५ निर्माणका लागि अर्को चिनियाँ ब्राण्डसँग सहकार्य गरेको हो ।

यो कार हाइब्रिड कारमा ३.२ किलोवाट आवरको व्याट्री र १.५ लिटर फोर सिलिन्डर पेट्रोल इन्जिनले पावर प्रदान गर्छ । यसको पर्फमेन्स मोडलले ४८९ हर्सपावर प्रदान गर्छ । हुवावे एम-५ ले ०-१०० किलोमटिर मात्र ४.४ सेकेन्डमा पुरा गर्छ । यो कारको कम्वाइन रेन्ज फुल ट्याङ्क पेट्रोलले १२०० किलोमिटर माइलेज दिने कम्पनीको दावी छ ।

यो कारमा २८८० एमएमको ह्वीलवेस पाउन सकिन्छ । यसमा वोष ब्राण्डको ब्रेकिङ सिस्टम दिइएको छ ।

एम-५ मा कर्भ भर्चुअल एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टरका साथै १५.६ इन्चको टू-के एचडीआर इन्फोटेन्टमेन्ट डिस्प्ले रहेको छ ।


Back_to_top