एफजेडएसको डिलक्स भेरियन्ट सार्वजनिक, यस्ता छन् फिचर

काठमाडौं । यामाहाको सर्वाधिक सफल मोटरसाइकल सिरिज एफजेडमा नयाँ भेरियन्ट थप भएको छ । कम्पनीले एफजेडएस डिलक्स भेरियन्ट सार्वजनिक गरेको हो ।

त्यस्तै यामाहाले २०२२ एफजेड एफआई र एफजेडएस एफआई सार्वजनिक गर्ने भएको छ । यामाहाले एफजेडएसमा सन् २०२१ को सुरुवातमा धेरै अपग्रेड गरेको थियो । जसमा मोटरासइकलको तौल २ केजी कम गर्नुका साथै यसमा ब्लुटुथ केनक्टिभिटी तथा साइड स्याण्ड इन्जिन कटअफ फिचर दिएको थियो ।

यामाहा एफजेडएस २०२२ को मूल्य १ लाख १६ हजार भारतीय रुपैयाँ र एफजेड एस डिलक्सको मूल्य १ लाख १९ हजार भारतीय रुपैयाँ (एक्स शोरुम) तोकिएको छ । त्यस्तै २०२२ एफजेड एफआईको मूल्य १ लाख १० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

यामाहा एफजेड एस डिलक्स ब्ल्याक मेटालीक एक्स, डिप रेड मेटालीक एक्स र पास्टल ग्रे कलर स्कीममा उपलब्ध हुनेछ । यामाहा एफजेड एस डिलक्समा हेडल्याम्प, टेलल्याम्प र टर्न इन्डिकेटर सबै एलइडीमा दिइएको छ । यसका साथै यसमा कलर अलोय ह्वील, डुअल टोन सिट, जस्ता फिचर थप गरिएको छ ।

यसका अलावा यसमा अन्य कुनै मेकानिकल परिवर्तन गरिएको छैन । यसमा पुरानै १४९ सीसी सिंगल सिलिन्डर एफआई इन्जिन रहेको छ । यो इन्जिनले ७२५० आरपीएममा १२.२ बीएच पावर तथा १२.८ एनएम टर्क ५५०० आरपीएममा जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स रहेको छ ।


Back_to_top