हुन्डाईले भारतमा १.२ लिटर टर्बो इन्जिन बनाउने

काठमाडौं । हुन्डाईले भारतमा नयाँ टर्बो पेट्रोल इन्जिन विकास गरिरहेको छ । कोरियन ब्राण्डले भारतमा बनाउने नयाँ इन्जिन १.२ लिटर क्षमताको हुने भएको हो ।

टर्बो चार्ज्ड ग्यासोलिन डाइरेन्ट इन्जेक्सन (टीजीडीआई) इन्जिनलाई हुन्डाईले भविष्यमा लन्च हुने हाइब्रिड र क्रसओभर मोडलमा प्रयोग गर्ने भएको हो ।

हुन्डाईले विकास गरिरहेको नयाँ फोर सिलिण्डर इन्जिन ‘हाइ फ्यूल इफिसीयन्सी’ हुनेछ । इलेक्ट्रीक आर्किटेक्चरमा समेत राख्न सकिने इन्जिन भएकोले यसको प्रयोग हाइब्रिडमा हुनेछ ।

हुन्डाईले पछिल्लो महिनाहरुमा भारतीय बजारमा आफ्नो दोस्रो स्थान गुमाएको छ । कम्पनीले भारतीय बजारको लागि मेनस्ट्रीम सेग्मेन्टमा मल्ट्रीपावर ट्रेनका नयाँ मोडलहरु लन्च गर्ने योजना बनाएको छ ।

सम्भवत हुन्डाईले नयाँ इन्जिन क्रेटा र भेन्यूको नयाँ जेनेरेशन मोडलमा प्रयोग गर्नेछ । नयाँ जेनेरेशन भेन्यू अहिले भारतमा परीक्षण चलिरहेको छ । कम्पनीले आगामी वर्ष लन्च गर्न लागेको कम्प्याक्ट क्रसओभर कार बायोनमा समेत यहि इन्जिन प्रयोग गर्ने बताएको छ ।

हुन्डाई इन्डियासँग यसअघि नै १.० र १.५ लिटरको टर्बो पेट्रोल इन्जिन प्रयोग भएका गाडी छन् । नयाँ इन्जिनसँगै बीचको ग्याप पुरा हुनेछ । नयाँ १.२ टीजीडीआई इन्जिनसँग ड्यूल क्लच अटोमेटीक गियरबक्स वा ई सीभीटी गियरबक्स प्रयोग हुनेछ ।


Back_to_top