४६ हजार रुपैयाँले घट्यो ‘केटीएम २५० ड्यूक’को मूल्य

काठमाडौं । केटीएम २५० ड्यूकको मूल्य घटेको छ । कम्पनीले केटीएम  २५० ड्यूक को मूल्य ४६ हजार रुपैयाँ घटेको हो ।

केटीएम मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी हंशराज हुलाश चन्द एण्ड कम्पनीले केटीएम २५० ड्यूकमा एकै पटक ४६ हजार रुपैयाँ मूल्य समायोजन गरेको हो ।

कम्पनीले नयाँ लट आएको मोटरसाइकलमा मूल्य समायोजन गरेको जानकारी दिएको छ । यसअघि ७ लाख ५९ हजार रुपैयाँमा बिक्री भइरहेको केटीएम २५० ड्यूकको मूल्य अब ७ लाख १३ हजार रुपैयाँ भएको हो ।

केटीएम २५० ड्यूकमा २४९.७ सीसी सिंगल सिलिन्डर बीएस ६ इन्जिन रहेको छ । यो इन्जिनले ३१ पीएस पावर र २५ एनएम टर्क जेनेरेट गर्छ ।

यो मोटरसाइकलमा ड्यूल च्यानल एबीएस, अल एलइडी लाइट, डिजिटल डिस्प्ले, डब्लूपी अपसाइड डाउन तथा मोनोशक, स्लिपर क्लच तथा क्विक सिफ्टर जस्ता अत्याधुकिन फिचर पाउन सकिन्छ ।


Back_to_top