माघ ४ गतेबाट बजारमा आउँदै हुन्डाई क्रेटा ईभी

काठमाडौं । हुन्डाईले भारतमा बनाउने पहिलो इलेक्ट्रीक एसयूभी क्रेटा आगामी माघ ४ गतेबाट आयोजना हुने ‘भारत मोविलिटी एक्स्पो २०२५’मा सार्वजनिक हुने भएको छ । कम्पनीले आफ्नो सर्वाधिक सफल मोडल क्रेटालाई इलेक्ट्रीकमा ल्याउने भएको हो ।

हुन्डाईले त्यही मितिबाट भारतमा बिक्री सुरु गर्ने क्रेटा ईभी माघ अन्तिमसम्मबाट नेपालमा पनि बिक्री वितरण सुरु हुनेछ । यसको धेरै जानकारी हुन्डाईले अहिलेसम्म बाहिर ल्याएको छैन । तर, जनवरी १७ तारिख अर्थात् माघ ४ गते सार्वजनिक गर्ने घोषणा भने गरेको छ ।

यसअघि सार्वजनिक भएको रिपोर्ट अनुसार क्रेटा ईभीमा ४५ किलोवाट आवरको ब्याट्री रहने छ । उक्त ब्याट्री नयाँ जेनेरेशन कोनाबाट लिइएको हो । साथै, यसमा १०० किलोवाटको मोटर रहने छ ।

फेसलिफ्ट क्रेटा २०२४ मा आधारित रहेर बजारमा आउने इलेक्ट्रीक मोडलको अगाडि भने फरक डिजाइन रहने अनुमान गरिएको छ । साथै, इन्टेरियर फिचर पनि परिवर्तन हुनेछ । नयाँ क्रेटा ईभीमा स्टेरिङ पनि फरक उपलब्ध हुनेछ ।


Back_to_top