तीन नयाँ मोडल सार्वजनिकपछि हुन्डाईले ल्यायो दशैं-तिहार अफर

काठमाडौं । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दुई हप्ता भित्र तीन नयाँ कार अउरा, ग्राण्ड आई १० नियोस र क्रेटा बजारमा ल्याएपछि दशैं-तिहार लक्षित योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको नयाँ योजना अनुसार गाडी किन्ने ग्राहकले आकर्षक नगद छुटको साथ स्क्र्याच कार्ड मार्फत १ लाखसम्मको थप छुट पाउने छन् ।

गाडी किन्ने ग्राहक मध्येबाट विगतमा जस्तै बम्पर उपहारमा एक थान अउरा र एक थान ग्राण्ड आई १० नियोस जित्न सक्ने छन् । साथै, ग्राहकहरुले १ वर्षको निःशुल्क बीमा पाउने छन् । कम्पनीले अहिलेको अवस्थामा स्वास्थ्यकर्मीहरूको समर्पण र अथक सेवालाई ध्यानमा राखी सम्मान स्वरुप “विशेष प्याकेज“ दिने घोषणा गरेको छ ।

यो योजना आज असोज ५ देखि मंसिर ५, २०७७ सम्म लागु हुने कम्पनीले जनाएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १३ शोेरुम तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । सबै हुन्डाई गाडीहरुमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङ, र १ बर्ष निःशुल्क सवारी कर भुक्तानीसहित स्वामित्व हस्तान्तरणका साथ उपलब्ध हुन्छन् ।


Back_to_top