हुन्डाईको नयाँ इलेक्ट्री कार ‘आयोनिक-टु’, दुई ब्याट्री अप्सनमा आउने

काठमाडौं । हुन्डाइले आयोनिक लाइनअपको सबैभन्दा सानो ईभी आयोनिक २ फस्ट लुक सार्वजनिक गरेको छ ।

आगामी महिना जर्मनीको म्युनिक अटोशोमा अनभिल हुने अनुमान गरिएको आयोनिक २ को हुन्डाई टेक सेन्टरमा परीक्षण भइरहेको हो ।

हुन्डाईले आयोनिक लाइनअपमा सबैभन्दा सस्तो ईभीको रूपमा आयोनिक २ बजारमा ल्याउन लागेको हो । कम्पनीले हुन्डाईले यसअघि नै युरोपियन देशहरूमा सानो साइजको इन्सटर ईभीको बिक्री सुरू गरिसकेको छ ।

आयोनिक २ ईभी यसको सिब्लिङ ईभी२ भन्दा केही फरक देखिएको छ । यो ईभीको आउटलुक एसयूभी प्रोफाइलको देखिएको छ । पूरै कभर भएको अवस्थामा देखिए पनि यो ईभीमा रिडिजाइन भएको एलईडी लाइट जस्ता नयाँ डिजाइन एलिमेन्ट्स रहेको छ ।

अटोकारका अनुसार यो ईभीमा अहिलेको आयोनिक सिरिजभन्दा भिन्न नयाँ सफ्टवेयर, क्याबिन फिचर र अपडेटेड इन्फोटेन्मेन्ट सिस्टम रहने छ ।

अधिकांश हुन्डाई, किया र जेनेशिस इलेक्ट्रीक जस्तै आयोनिक २ पनि हुन्डाई मोटर गु्रपको ई जीएमपी प्ल्याटफर्ममा बनेको हो । यसमा पनि कियाको ईभी ३ मा जस्तै ५८.३ र ८१.४ किलोवाट आवरको दुई फरक ब्याट्रीप्याक हुने अनुमान गरिएको छ ।


Back_to_top