काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी ग्रेट वाल मोटर्स (जीडब्लूएम)का दुई पावरफुल हाइब्रिड एसयूभी नेपाली बजारमा उपलब्ध भएका छन् ।
जीडब्लूएमको नेपालका लागि आधिकारिक बिक्रेता भीजी इम्पेक्सले ट्यांक ३०० र ट्यांक ५०० हाइब्रिड एसयूभीको बिक्री सुरू गरेको हो ।
कम्पनीले यी दुवै हाइब्रिड एसयूभी हालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सार्वजनिक गरेको थियो ।
कम्पनीले ७ सिटे लक्जरी एसयूभीको मूल्य २ करोड १५ लाख ९९ हजार रुपैयाँ र ५ सिटे ट्यांक ३०० को मूल्य १ करोड ५९ लाख ९९ रुपैयाँ तोकेको छ ।
ट्यांक ३०० हाइब्रिड एसयूभी हो भने ट्यांक ५०० प्लगइन हाइब्रिड हो । २.० लिटर टर्बो पेट्रोल इन्जिन रहेको यी दुवै कारमा ९ स्पीड अटोमेटिक ट्रान्सिमिसन (एचआइ ४ टी) छ ।
ट्यांक ३०० हाइब्रिडले ३५१ पीएस पावर तथा ६४८ एनएम टर्क दिन्छ । त्यस्तै, प्लगइन हाइब्रिड ट्यांक ५०० ले ४०८ पीएस पिक पावर तथा ७५० एनएम टर्क दिन्छ ।
सन् २०२१ मा डेब्यु गरेको ट्यांक हालसम्म विश्वभर ४ लाख युनिट बढी बिक्री भइसकेको छ ।
यी हाइब्रिडहरू सहरी र पहाडी दुवै बाटोको लागि उपयुक्त छन् ।

