काठमाडौं । काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा अतिक्रमित संरचना हटाउने अभियानलाई तीव्रता दिएको छ । महानगरले काठमाडौंका नदी किनार, पार्क लगायत स्थानकाे सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना धमाधम भत्काइरहेको हो ।
यसैक्रममा, बिहीबार महानगरले काठमाडौंको कालीमाटी, कुलेश्वर हुँदै बग्ने मनमती खोलामाथि बनाइएका अतिक्रमित संरचना भत्काइरहेको छ ।
महानगरले मनमती खोला माथि बनाइएका ५ वटा पुल समेत भत्काउने भएको छ । ती पुल स्वीकृत नभएकाले भत्काउन लागिएको महानगरले जनाएको छ ।
वडा नं. १३ र १४ जाेड्न खोला माथि बनाइएका फलामे र सिमेन्टेड पुल भत्काएकाे हाे । महानगरले अहिले डोजर र ब्रेकर लगाएर धमाधम पुल भत्काइरहेको छ ।

