शोलार जडान भएको हुन्डाई आयोनीक ५ नेपाल आउने, २ हजार किमि निःशुल्क यात्रा

काठमाडौं । हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आगामी नोभेम्बरमा नयाँ इलेक्ट्रीक एसयूभी आयोनिक ५ नेपाल ल्याउने भएको छ । कम्पनीले ल्याउने नयाँ एसयूभीमा शोलार रूफको प्रयोग गरिएको कम्पनीले जानकारी दिएको हो ।

छतमा शोलार जडानलाई हुन्डाई मोटर्सले गरेको नयाँ प्रयोग मान्न सकिन्छ । चिनियाँ उत्पादकले साना गाडीमा यसको प्रयोग गरेको भएपनि ठूलो कम्पनीले गरेको यो पहिलो प्रयोग हो । यसअघि हुन्डाईले सोनाटा हाइब्रिडमा पनि यसको सफल प्रयोग गरिसकेको छ ।

हुन्डाई मोटर्सले आयोनिक ५ को छतमा जडान गरेको शोलार प्यानलले उज्यालोको माध्यमबाट नै व्याट्री रिचार्ज गर्ने टेक्नलोजी प्रयोगमा ल्याएको हो ।

अहिले भईरहेको टेक्नलोजीको सपोर्टबाट नयाँ आयोनिकलाई शोलार मार्फत चार्ज गर्दा वार्षिक औषत २ हजार किलोमिटर रेञ्ज निःशुल्क पाउन सकिने हुन्डाईको दावी छ । यदि यसलाई दैनिकमा हिसाव निकाल्ने हो भने ५.५ किलोमिटर हो ।

दैनिक हिसाव निकालेर हेर्दा रेञ्ज सामान्य लागेता पनि वार्षिकरुपमा पाउने रेञ्जलाई निःशुल्क पाउँदा ठूलो हुने देखिन्छ । हाम्रो वातावरणमा निःशुल्क प्राप्त हुने सूर्यको प्रकाशले नै यो रेञ्ज प्रदान गर्नेछ ।

यसको लागि आयोनिक ५ लाई निरन्तर घाममा पार्किङ गर्दा राम्रो हुनेछ । अब शोलार टेक्नलोजीकै कारण आफ्नो इभी पार्किङ गर्न सितल ठाँउ खोजिने छैन । इभी ड्राइभरले घाम लागिरहेन स्थान खोजेर पार्क गर्नेछन् ।

यसका अलावा आयानिक ५ मा अन्य विभिन्न नयाँ प्रयोग गरिएको छ । यसको भेहिकल टु लोड फङ्सनको सहयोगमा अर्को इभीलाई समेत चार्ज दिन सकिन्छ ।

अर्को इभी चार्ज गर्नका लागि यसमा व्याट्रीको चार्ज लेवल १५ प्रतिशतभन्दा धेरै हुनु पर्छ । यो कारको क्याविनमा रहेको प्लगमा व्यक्तिगत इलेक्ट्रोनिक्सहरु जस्तो ल्यापटप, मोवाइल समेत सजिलै चार्ज गर्न सकिन्छ ।


Back_to_top