काठमाडौं । हुन्डाईले लगातार आयोनीक ५ र आयोनीक ६ दुबै मोडल मार्फत वर्ल्ड कार अफ दी एयरको अवार्ड जितेको थियो । दुई सफल आयोनीक मोडलपछि कम्पनीले तेस्रो ईभी आयोनीक ७ को कन्सेप्ट देखाएको थियो ।
आयोनीक७ भन्दा पहिला कम्पनीले आयोनीक ९ ठूलो साइजको फेमीली क्रसओभर बजारमा ल्याउने भएको छ । नयाँ ईभी किया मोटर्सको ईभी ९ को हुन्डाई भर्सनभन्दा पनि फरक पर्दैन ।
हुन्डाईले आधिकारीक रुपमा नयाँ एसयूभीको नाम बाहिर ल्याएको छैन । तर, तीन रो (७ सिट) क्षमतामा आउने एसयूभीको नाम आयोनीक ९ नै हुने रिपोर्टहरुले उल्लेख गरेका छन् ।
आयोनीक ९ ठूलो साइजको थ्रीरो एसयूभी हो । आयोनीक ९ प्यालिसेड जस्तै स्लीक र अपस्केल लुक्समा उपलब्ध हुनेछ । यसमा दिइने लामो ह्वीलवेस र फ्ल्याट फ्लोरले इन्टेरियरमा निकै ठूलो स्थान पाउन सकिन्छ ।
हुन्डाईले अन्य आयोनीक सिरिजका मोडल जस्तै यसलाई पनि ‘ई जीएमपी आर्किटेक्चर’मा उत्पादन गर्नेछ । नयाँ एसयूभीमा रहने मोटरका विषयमा कुनै जानकारी बाहिर आएको छैन ।
सम्भवत किया ईभी ९ कै जस्तो लोअर भर्सनमा रियर ह्वील ड्राइभ १६० किलोवाटको मोटर दिन सक्नेछ । यो भर्सनमा ७६.१ किलोवाट आवरको ब्याट्री प्याक रहन सक्छ । टप भेरियन्टमा २८० किलोवाटको मोटर र ९९.८ किलोवाट आवरको ब्याट्री प्याक दिने अनुमान गरिएको छ ।
हुन्डाईको अरु ईभी जस्तै ई जीएमपी प्लेटफर्ममा ८०० भोल्ड आर्किटेक्चरले फास्टेस चार्जिङ टेक्नोलोजीलाई सपोर्ट गर्छ । यसलाई १० बाट ८० प्रतिशतसम्म चार्ज गर्न केबल २४ मिनेट भए पुग्छ ।
हुन्डाईले आयोनीक ९ यहि वर्षको अन्तिममा देखाउने र आगामी वर्षबाट बिक्री सुरु गर्नेछ ।

