नेपालका खराब बाटामा दौड लगाइरहेको एमजी-४

काठमाडौं । यूरोपियन बजारमा निकै धेरै अवार्ड जित्न सफल एमजी-४ नेपाल आएको झण्डै एक वर्ष भएको छ । एक वर्षको अवधिमा यसले आफुलाई विभिन्न परीक्षणमा उत्रिर्ण गर्दै आएको छ ।

पारामाउन्ट मोटर्सले सुरुमा ४१ लाख ४९ हजार र ५८ लाख ९९ हजार मूल्य तोकेर नेपालमा बिक्री थालेको थियो । टप भेरियन्ट १५० किलोवाट क्षमताको मोटरमा आएको कारण मूल्य महंगो भएसँगै कम्पनीले १०० किलोवाटको मोटरमा ल्याएर ४९ लाख ९९ हजार रुपैयाँमा टप भेरियन्ट ल्यायो ।

कम्पनीले नयाँ कम पावरको मोटरमा ल्याएर ९ लाख रुपैयाँ मूल्य मात्रै घटाएन । यसको पावर र पर्फमेन्स पुष्टि गर्न धुलिखेलमा रहेको डर्ट टेम्पलमा पर्फमेन्स टेष्ट कार्यक्रम नै आयोजना ग¥यो । त्यहाँ गाडी चलाउने हरेक मानिसले यसको पर्फमेन्सलाई वाउ भनेका थिए ।

अफरोडको पनि एउटा पृथक नमुना पाइने डर्ट टेम्पलमा सफलता पूर्वक पर्फमेन्स टेष्ट भएसँगै यसलाई कठिन बाटोमा चलाउने होडबाजी नै चलिरहेको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको यात्रामा धेरै मानिसले यसलाई अफरोडमा लिएर यात्रा गरेका छन् ।

करिब दुई साता अगाडि मोटो भ्लगर धिरेन मान श्रेष्ठले आफ्नो एमजी-४ लिएर अपर मुस्ताङको नेपाल चीन बोर्डर कोराला पुगेका थिए । निकै लामो दुरी अफरोड रहेको बेनी-कोराला सडकखण्डमा यसले निकै राम्रो पर्फमेन्स दिएको श्रेष्ठले सुनाए ।

‘रियर ह्वील ड्राइभ, इन्डीपेन्डेन्ट सस्पेन्सन, राम्रो रेन्जको कारण योजना मुताविक नै ४ हजार ६६० मिटर अग्लो स्थानमा एमजी-४ लिएर जान सफल भए’, श्रेष्ठले मेरोअटोसँग भने ।

कोराला यात्रामा निस्कनुअघि आफुले काठमाडौं–हेटौडा र काठमाडौं कालिन्चोकको सफल यात्रा गरेकै कारण आफ्नो कन्फिडेन्ट बढेको श्रेष्ठले सुनाए ।

जेहोस् ब्याट्री साइज, फिचर र रेन्ज अनुसारको सबैभन्दा सस्तो मोडलको रुपमा बजारमा किन्न पाइने एमजी-४ अहिले सडकमा पनि थपिदै गएको छ । ब्रिटिस डिएनए र चिनियाँ फिनिसिङको मिश्रणमा आएको कारले धेरैलाई लोभ्याई रहेको छ ।


Back_to_top