काठमाडौं । रोयल इनफिल्डले आफ्नो बहु प्रतिक्षित मोटरसाइकल गुरिल्ला ४५० सार्वजनिक गरेको छ । कम्पनीले २ लाख ३९ हजार भारतीय रुपैयाँ सुरूवाती मूल्य तोकेर गुरिल्ला ४५० मोटरसाइकल सार्वजनिक गरेको हो ।
कम्पनीले ५ सिंगल र डवल टोन कलर अप्सनमा गुरिल्ला ४५० सार्वजनिक गरेको हो ।
एड्भेन्चर हिमालयन ४५० मा नै भएको शेर्पा इन्जिनमा आएको गोरिल्ला तीन भेरियन्टमा उपलब्ध छ । कम्पनीले ४५० रोडस्टार एनालग, ड्यास र फ्ल्यास गरि तीन मोडलमा ल्याएको हो ।
एनालग भेरियन्टको सुरूवाती मूल्य २ लाख ३९ हजार रहेको गोरिल्लाको मिड भेरियन्ट ड्यासको मूल्य २ लाख ४९ हजार र टप भेरियन्ट फ्ल्यासको मूल्य २ लाख ५४ हजार भारतीय रुपैयाँ तोकिएको छ ।
रोयल इनफिल्ड हन्टर ३५०कै डिजाइनमा तयार पारिएको गोरिल्ला ४५० मा सर्कुलर एलइडी हेड्ल्याम्प, टेल ल्याम्प र आकर्षक फ्युल ट्यांक रहेको छ ।
रेट्रो रोडस्टार सेग्मेन्टमा निर्माण भएको यस मोटरसाइकलमा सिंगल पिस सिट, सर्कुलर टिएफटी इन्स्ट्रुमेन्ट कन्सोल, ब्लूटुथ कनेक्टिभिटी, टर्न वाई टर्न नेभिगेसन छन् ।
त्यसैगरी, डवल डिस्क ब्रेकसंगै डवल च्यानल एबीएस, स्लीक एलईडी टर्न सिग्नलहरू, राइड मोड, स्वीचेवल एबीएस, स्लिपर एसिस्ट क्लच जस्ता फिचरहरु उपलब्ध हुनेछन् ।
त्यस्तै, यसमा १७ इन्चको ब्ल्याक अलोय ह्वील, ट्युवलेस टायर, कन्भेन्सनल टेलिस्कोपिक फ्रन्ट फर्क र अफसेट मोनोशक रियर सस्पेन्सन सेटअप पाउन सकिन्छ ।
गुरिल्ला ४५० मोटरसाइकलको लम्बाई २१३४ एमएम, चौडाई ८३४ एमएम, उचाई १११५ एमएम र ह्वीलबेस १४९१ एमएम रहेको छ । यो मोटरसाइकल इन्ट्री लेवल रोयल एनफिल्ड हन्टरभन्दा केवल दुई किलोग्राम मात्रै बढी भारी छ ।
रोयल इनफिल्ड गुरिल्ला ४५० मोटरसाइकलमा ४५२ सीसी क्षमताको सिंगल सिलिन्डर, लिक्वीड कूल्ड, डिओएचसी एफआई इन्जिन रहेको छ ।
उक्त इन्जिनले अधिकतम ८ हजार आरपीएममा ४० हर्सपावर तथा ५५०० आरपीएममा ४० एनएमकै म्याक्सिमम पिक टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियर बक्स उपलब्ध छ ।