काठमाडौं । बिजुली गाडी किन्नेलाई एनएमबि बैंकले उत्कृष्ट ब्याजदरसहितको स्कीम संचालनमा ल्याएको छ । बैंकले परिवर्तन नहुँने स्कीममा ८.९९ प्रतिशत नै ब्याजदरमा कर्जा अफर गरेको हो ।
बैंकले ‘वातावरण मैत्री सवारी रोजौं, इन्धनको बचतसँगै दिगो भविष्यमा लगानी गरौं’ भन्ने नारा दिएर स्कीम ल्याएको हो । यस स्कीमको नाम एनएमबि सुलभ अटो लोन दिइएको छ ।
बैंकबाट कर्जा लिएर गाडी किन्दा ब्याजदरमा आउने परिवर्तनले आजित भएका उपभोक्तालाई एनएमबि बैंकले ल्याएको स्कीम उपयुक्त हुनसक्छ । यस स्कीममा ७ वर्षसम्म ८.९९ प्रतिशत नै ब्याजदर कायम रहने बैंकले जनाएको छ ।