काठमाडौं । नेपाल आउने जिकरको पहिलो मोडल ‘एक्स’ राइट ह्याण्ड ड्राइभमा तयार भएको छ । केही दिन भित्रै थाइल्याण्डमा सार्वजनिक गर्ने तयारी भएको जिकर एक्स मोडल नै नाडा अटो शो २०२४ मार्फत नेपाल प्रबेश गर्न लागेको हो ।
रियर ह्वील ड्राइभ सिस्टममा आउने जिकर एक्स मोडलको साइज ४४५० एमएम, चौडाई १८३६ एमएम र उचाई १५७२ एमएम रहेको छ । यसमा २७५० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ ।
जिकर एक्समा ५ क्यामेरा प्रयोग भएको छ । पाँच मिलिमिटर वेभलेन्थ राडार र १२ अल्ट्राशोनिक राडार प्रयोग भएको जिकर एक्समा उसको आफ्नै ‘एडी ड्राइभिङ एसिस्टेन्स’ प्रयोग भएको छ ।

प्रिमियम क्रसओभर मोडलको सेग्मेन्टमा उपलब्ध हुने जिकर एक्समा २४.३ इन्चको हेडअप डिस्प्ले, १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम र ८.८ इन्चको एलसीडी इन्ट्रुमेन्ट क्लष्टर पाउन सकिन्छ ।
जिकर एक्स मोडलमा ६६ किलोवाट क्षमताको टर्नरी लिथियम आयोन ब्याट्री प्याक प्रयोग भएको छ । पीक पावर २०० किलोवाट क्षमताको मोटर प्रयोग भएको क्रसओभर मोडलले ३४३ एनएम टर्क प्रदान गर्छ । यसले सिंगल चार्जमा ४४० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी परीक्षणले देखाएको छ ।
नेपालको लागि जिकरको आधिकारी बिक्रेता नियुक्त भएको पायोनीयर मोटोकर्पले गाडीको विषयमा आधिकारीक जानकारी उपलब्ध गराएको छैन । कम्पनीले प्रिमियम सेग्मेन्टमा ल्याउने जिकर एक्सको मूल्य ९० लाखदेखि १ करोड रुपैयाँ भित्रै कायम गर्ने अनुमान गरिएको छ ।

