नाडा अटो शोमा आउला हुन्डाईको इलेक्ट्रीक एसयूभी कोना ? टप स्पीड १५५ किमि

काठमाडौं । कोरियन मोटर उत्पादक कम्पनी हुन्डाईले उत्पादन गरेको कोना इलेक्ट्रीक एसयूभी नेपाली बजारमा आउने भएको छ । 

यो हुन्डाईको ग्लोवल लाइनअपमा रहेको कार हो । यसअघि २०१९ मा भारतीय बजारमा कोना ल्याउने कुराको पुष्टि हुन्डाई इन्डियाका एमडी तथा सीईओ ‘कवाईके’ले जानकारी दिएका थिए । तर, भारतीय बजारमा भन्दा पहिला नेपाली बजारमा काेना अाउने संभावना बढेकाे छ ।

 थप फोटोको लागी यहाँ क्लिक गर्नुहोस्

नेपाली बजारमा हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका अनुसार नेपाली बजारमा कोना २०१८ भित्रै सार्वजनिक हुने छ । ’कम्पनीले केही यूनिट कोना इलेक्ट्रीकको बुकिङ पठाएको छ, संभवत नाडा अटो शो नभए त्यसपछि नेपाली बजारमा आउन सक्छ’ कम्पनी स्रोतले भन्यो । 

होन्डाई मोटर्सले विश्वभर अहिल्यै धेरै ठूलो भोलुममा कोना बिक्री गर्ने सोच नबनाएको र प्रविधिको विकास तथा इलेक्ट्रीक कारमा आफ्नो प्रतिवद्धता पूरागर्न लागि परेको जनाएको छ ।

साथै, कम्पनीले कुनै पनि किसिमको हाइब्रिड कार उत्पादनमा ध्यान नदिने र पूर्ण इलेक्ट्रीक कार उत्पादनमा केन्द्रित रहने समेत जनाएको छ ।  

ब्याट्री

कोना इलेक्ट्रीकमा लिथियम आयन ब्याट्रीको प्रयोग गरिएको छ । यसलाई ५४ मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । यसमा १०० किलोवाटको चार्जर प्रयोग गरिएको छ । साथै, स्टायडर्ड एसी चार्जबाट रिचार्ज गर्ने हो भने ६ घन्टा समय लाग्नेछ ।

हुन्डाईको दाबीअनुसार कारमा ब्याट्री जसरी राखिएको छ, यसले गाडीको बुट स्पेशमा असर नगर्ने जनाएको छ । अघिल्लो भागमा स्पेश बढ्नेछ भने पछाडिको भागमा केही स्पेश घट्नेछ । 

पावर


दक्षिण एसियाली बजारमा आउने कोना इलेक्ट्रीकले एकपटकको फूलचार्जमा ३०० किलोमिटर माइलेज दिनेछ । त्यसको लागि यसमा ३९.२ किलोवाट क्षमताको ब्याट्री प्याक जडान गरिएको छ । 

यसमा दिइएको इलेक्ट्रीक मोटरले १३४ एचपीपावर र ३९५ एनएम टर्क उत्पादन गर्छ भने, यो कारले ९.७ सेकेन्डमा शून्यबाट १०० किलोमिटरको रफ्तार पकड्न सक्छ । यो कारको टप स्पीड १५५ किलोमिटर प्रतिघन्टा रहेको छ । 

सुरक्षा


कोना इलेक्ट्रीमा वातावरण एड्जस्ट गर्ने अन्य थुप्रै फिचरहरू दिइएको छ । आफूअनुकूलको ड्राइभिङको लागि क्रुज कन्ट्रोल, एक लेन प्रणाली, क्रस ट्राफिक अर्लट, स्वचालित आपतकालीन ब्रेकजस्ता विशेषता रहेको छ । यूरो एनक्यापले यसलाई ५ स्टार दुर्घटना सुरक्षा प्रदान गरेको छ । 

आवरण


बाहिरी आवरण नियमित कोनाको जस्तै रहनेछ तथा पिक्लोजग्रिल र १७ इञ्च अलोए ह्वीलमा कोना इलेक्ट्रीकमा विशेष परिवर्तन गरिएको छ । यसमा रहेको बम्पर र स्पोइलर एरोडाइनामिक रहेको छ । 

इन्टेरियर


यसको ड्यास बोर्ड पूर्णतः डिजिटल रहेको छ । हेडअप डिस्प्ले, ७ इञ्च इफोटेन्टमेन्ट सिस्टम टचस्क्रिनलाई परिवर्तन गरी ८ इञ्च बनाइएको छ । यसमा दिइएको अगाडिको सिट भ्यान्टिलेटेड रहेको छ, जसको संयोजन इलेक्ट्रीक एड्जस्टमेन्टको माध्यमबाट ८ प्रकारले गर्न सकिन्छ । 


Back_to_top