काठमाडौं । हुन्डाईका गाडी खरिद गर्दा पौने २ लाख रुपैयाँसम्म नगद छुट पाइने भएको छ ।
नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ वर्षको अवसरमा ल्याएको ‘हुन्डाईसँग शुभ यात्रा २०८३’ अफरमा यस्तो छुट पाइने भएको हो ।
यस विशेष अफर अन्तर्गत ग्राहकहरूले हुन्डाईका कुनै पनि मोडलका सवारी खरिद गर्दा १ लाख ७५ हजार रुपैयाँसम्म नगद छुट पाउने भएका छन् ।
यसका अलवा ग्राहकले थप आधादर्जन फाइदा पाउने छन् । जसमा थप ९६ हजार रुपैयाँसम्म नयाँ वर्ष बोनस, १ वर्षको बीमा र सवारी कर निःशुल्क पाउने छन् ।
कम्पनीले ग्राहकलाई आफूसँग भएको जुनसुकै ब्राण्डको पुरानोे गाडीसँग हुन्डाईको नयाँ गाडी एक्सचेन्ज सुविधा पनि दिएको छ । सले गाडी किन्ने अनुभवलाई अझ सजिलो र फाइदाजनक बनाउने कम्पनीको भनाइ छ ।
कम्पनीले यस अफरलाई अझ आकर्ष बनाउँदै बिक्रीपछिका सेवाहरू भरपर्दो बनाएको छ । यसअन्तर्गत ग्राहकले ६ वर्षसम्मको निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पाउने छन् । जसले गुणस्तर, भरपर्दोपन र दीर्घकालीन ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धता देखाउँछ।
हुन्डाई नेपालले पछिल्लो २ वर्षदेखि नेपालमै सवारी एसेम्बल गर्दै आएको छ । कम्पनीका लोकप्रिय मोडल क्रेटा र भेन्यु नेपालमै एसेम्बल हुँदै आएका छन् ।
कम्पनीले ५ अर्ब रुपैयाँ बढी लगानीमा चारपाँग्रे सवारी एसेम्बल उद्योग संचालनमा ल्याएको हो । जहाँ पूर्ण रूपमा नेपाली इन्जिनियर र दक्ष जनशक्तिको प्रयोग गरिएको छ। यसले देशभित्रै क्षमता विकास, स्थानीय सीप प्रवद्र्धन र औद्योगिक विकासमा योगदान पुर्याइरहेको छ।

