३५० सीसीमा आयो पल्सर एनएस ४०० जेड

काठमाडौं । बजाजले आफ्नो ४०० सीसीको पल्सर एनएस ४०० जेडलाई अब ३५० सीसी इन्जिनमा ल्याउने भएको छ । कम्पनीले यसको औपाचारिक लन्च गर्नुभन्दा अगावै पल्सर ३५० भारतीय डिरलशिपहरूमा देखिएको हो ।

भारत सरकारले जीएसटी २.० लागू गरेसँगै मोटरसाइकल कम्पनीहरूले ३५० सीसी इन्जिनमा मोटरसाइकल ल्याउने क्रम बढ्दो रहेको छ । यसै क्रममा बाजजले एनएस ४०० लाई ४५० सीसी इन्जिनमा ल्याएको हो ।

बजाज अटोले ३४९ सीसी लिक्विड कुल्ड इन्जिनमा आउने पल्सर एनएस ४०० जेडमा कुनै इन्जिनका अलावा अन्य कुनै परिर्वतन गरिएको छैन् ।

यो मोटरसाइकलमा एनएस ४०० जेडकै ब्याचसमेत प्रयोग गरिएको छ । यसमा ४३ एमएम यूएसडी फर्क, अपोलो एचवान टायर, एड्ष्टेवल क्लच÷ब्रेक लिभर, डबल च्यानल एबीएस, फुल डिजिडल कन्सोल, टर्नवाइटर्न नेभिगेशन लगायसको सबै फिचर पाउन सकिन्छ । डिजाइनमा पनि कुनै परिर्वतन गरिएको छैन ।

यसअघि यो मोटरसाइकलमा ३७३ सीसी क्षमताको इन्जिन रहेको थियो । अहिले ३५० सीसी इन्जिनमा आउँदा यसको पावर भने थोरै कम भएको छ । हाल इन्टरनेटमा सार्वजनिक भएको मूल्यलाई आधार मान्ने हो भने यसको मूल्यमा खासै परिर्वतन भएको छैन । यद्यपि, कम्पनीले आधिकारिक मूल्य भने सार्वजनिक गरिसकेको छैन ।


Back_to_top