आकर्षक भित्री सजावट र बल्की डिजाइनमा हुन्डाईको पीकअप, चाँडै नेपाल आउन सक्ने

काठमाडौं । हुन्डाई मोटर्सको पहिलो पीकअप सान्ताक्रुजको डिटेल सार्वजनिक भएको छ । हुन्डाइले आफ्नो सफल एसयूभी टुसानको प्ल्याटफर्ममा बनाएको सान्ताक्रुज पीकअप एक ग्लोवल मोडल हो ।

यसमा टुसानको जस्तै फ्यूचरीस्टीक फ्रन्ट ग्रिल र अग्रेसिभ बडी डिजाइनमा आएको छ । यसले विश्व बजारमा निसानको फ्रन्टीयर, टोयोटाको टाकोमा तथा होन्डाको रिजलाइनसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालमा भने यसको सिधा प्रतिस्पर्धा टोयोटा हाइलक्स, फोर्ड रेञ्जर, निसान नाभारा जस्ता मोडलसँग हुने देखिएको छ ।

कम्पनीले सान्ताक्रुजलाई २.५ लिटरको फोर सिलिण्डर टर्बो तथा नेचुरल एस्पायर्ड इन्जिन अप्सनमा अमेरिकीबाट विक्री सुरु गरेको छ । यसमा दिइएको नेचुरल एस्पायर्ड इन्जिनले १९० हर्सपावर तथा २४४ एनएम टर्क उत्पादन गर्छ । यसको टर्बो इन्जिन भने निकै पावरफुल रहेको छ ।

उक्त इन्जिनले २७५ हर्सपावर तथा ४२० एनएम टर्क उत्पादन गर्ने क्षमता राख्छ । कम्पनीले यसमा ८ स्पीडको टर्क कन्भर्टर अटोमेटिक तथा टर्बो इन्जिनमा डियूल क्लच गियरबक्स दिएको छ । एसियाली बजारमा आउने सान्ताक्रुजमा फरक गियरबक्स रहन सक्ने छ । यसमा रहेको एचटीआरएसी सिस्टमले प्याडल सिफ्टर फङ्सनको माध्यमबाट चारै चक्कामा पावर पठाउने गर्छ ।

सान्ताक्रुजमा टुसानको भन्दा लामो ह्वीलवेस रहेको छ । २० इन्चको अलोय ह्वील रहेको यस पीकअप ट्रकमा २ हजार २६८ केजीसम्मको टोइङ क्यापासीटी रहेको छ । ड्यासबोर्डमा १० इन्चको टचस्फोटेन्मेन्ट सिस्टम, अप्सनल १० इन्चको इन्टुमेन्ट क्लस्टर, बोसको अडियो सिस्टम, सिटमुनी पनि स्टोरेज, लेदर सीट कभर आदि फिचरले यसलाई आकर्षक बनाएको छ ।

सुरक्षाका लागि फर्वाड कलीजन अभोइडेन्स, लेन किप असिस्ट, व्लाइन्ड स्पट वार्निङ जस्ता फिचरहरु यसमा रहेका छन् । सन् २०२२ को सुरुवातमा नेपाल आउने अनुमान गरिएको सान्ताक्रुज नेपालमा हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टलले विक्री गर्नेछ ।


Back_to_top