होन्डाको २०२१ मोडल सिबी १५० आर सार्वजनिक, आउला नेपाल

काठमाडौं । होन्डाले आफ्नो चर्चित मोटरसाइकल सिबी १५० आर मलेसिया र इन्डोनेशियाबाट विक्री सुरु गरेको छ । दुई एसियाली देशमा एक साथ विक्री सुरु भएको होन्डाको सिबी १५० आर नेपाल आउन सक्ने मोडल हो ।

होन्डा अन्तर्राष्ट्रिय बजारमा बलियो पकड बनाउन लागि परेको छ । भारतमा पनि कम्पनीले एकपछि अर्को नयाँ मोडल उत्पादन सुरु गरेको छ । यस्तोमा कम्पनीले सिबी १५० आर पनि भारतमा बनाउन सक्ने रिपोर्टहरु बाहिर आएका छन् ।

नेपालको लागि होन्डाको आधिकारीक विक्रेता स्याकार ट्रेडिङले भने इन्डोनेशियामा विक्री भइरहेको मोडल नै पनि नेपाल ल्याएर विक्री गर्न सक्ने छ । तर, स्याकार ट्रेडिङ स्रोतले यो मोटरसाइकल नेपाल ल्याउने वा नल्याउने विषयमा कुनै आधिकारीक जानकारी दिएको छैन ।

यदि सिबी १५० आर नेपाल आउने हो भने यसको सिधा प्रतिस्पर्धा यामाहाको एमटी १५ सँग हुने देखिन्छ ।

यसअघि विक्री हुँदै आएको रेगुलर मोडलको तुलनामा २०२१ मोडल थप आकर्षक रहेको छ । यसको बडी प्यानलमा परिवर्तन पाउन सकिन्छ । पूर्ण डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, सबै एलइडी लाइट, नयाँ ह्याण्डलबार जस्ता निकै उत्कृष्ट परिवर्तन नयाँ मोडलमा भएको छ ।

होन्डाले सिबी १५० आरमा १४९ सीसी, डिओएचसी लिक्विड कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ९००० आरपीएममा १६.३ बीएच पावर र ७००० आरपीएममा १३.७ एनएम टर्क प्रदान गर्छ । ६ स्पीडको गियरबक्स उपलब्ध यस मोटरसाइकलमा १२ लिटर क्षमताको इन्धन ट्याङ्की रहेको छ ।

मोटरसाइकलको अगाडि यूएसडी फर्क र पछाडि मोनोशक सस्पेन्सन दिइएको छ । दुबै चक्कामा डिस्क ब्रेक, डायमण्ड टाइप फ्रेम र एबीएस यसमा पाउन सकिन्छ । यसको अगाडि र पछाडि नै समान १७ इन्चको अलोय ह्वील लिइएको छ ।


Back_to_top