यामाहा एसएक्सआर १२५ सीसीमा आउने

काठमाडौं । यामाहाको नियो-रेट्रो डिजाइनको मोटरसाइकल एसएक्सआर अब १२५ सीसी क्षमताको इन्जिनमा आउने भएको छ । कम्पनीको चर्चित रेट्रो डिजाइनको एसएक्सआर अहिले अन्तर्राष्ट्रिय बजारमा १५५ सीसी क्षमताको इन्जिनमा उपलब्ध हुँदै आएको छ ।

यामाहाले यसको टाइप अप्रुभल लिएको डकुमेन्ट इन्टरनेटबाट सार्वजनिक भएसँगै नयाँ १२५ सीसी क्षमताको एसएक्सआर आउने लागेको खबरहरु आएका हुन् । कम्पनीले २०२१ को तेस्रो क्वाटरसम्ममा यसलाई बजारमा ल्याइसक्ने अनुमान गरिएको छ ।

नयाँ एसएक्सआरमा १२५ सीसी क्षमताको लिक्विड कुल्ड, सिंगल सिलिण्डर इन्जिन रहने छ । यामाहाको यो इन्जिन अहिले यामाहा आर १२५ र एमटी १२५ मा प्रयोग हुँदै आएको छ । उक्त इन्जिनले अधिकतम १० हजार आरपीएममा १४.९ पीएस पावर र ८ हजार आरपीएममा ११.५ एनएम टर्क प्रदान गर्नेछ ।

दुबै चक्कामा डिस्क ब्रेक दिइने यो मोटरसाइकलमा १७ इन्चको टायर रहने छ । यसको उचाई भने एसएक्सआर १५५ भन्दा १० एमएम बढी रहने छ । यसमा प्रयोग हुने अधिकांश फिचर एसएक्सआर १५५ कै हुने अनुमान गरिएको छ ।


Back_to_top